- संगालोखबर सम्वाददाता

काठमाडौं, २९ चैत। नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । टेलिकमले ग्राहकहरुको सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको हो ।

यो अफरमा टेलिकमका ग्राहकलाई २ सय रुपैयाँमा प्याक उपलब्ध गराइनेछ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!