एआईको दुरुपयोग नगर्न साइबर ब्युरोको आग्रह
विराटनगर । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को दुरुपयोग बढेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले सचेत गराएको छ । एआई लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्व लगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ब्युरोले ध्यानाकर्षण गराएको हो ।
पछिल्लो समय एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न, नगराउन भनेको छ । सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआ...






























