आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
विराटनगर । आज श्रीकृष्ण जन्माष्टमी पर्व । वैदिक सनातन हिन्दू धर्मावलम्बीले यो पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धापूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्रि भनिन्छ ।
आज विराटनगर लगायत देशभरका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा आरा...






























