संगालोखबर

विराटनगर । नेपालीहरूको महान चाड बडादशैं आजबाट सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १० दिन धुमधामका साथ मनाइने दशैंको पहिलो दिन आज घटस्थापना हो ।

Advertisement

घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदैछ । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पुजा कोठा अथवा दशैं घरमा चोखो स्थानबाट बालुवा वा माटो ल्याई त्यसमा जौ छरेर जमरा राख्ने चलन छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिन्छ ।

दुर्गा माताको प्रिय वस्तु जौको अंकुर भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीकासहित समृद्धिको प्रतीक पहेँलो जमरा लगाउने चलन छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!