संगालोखबर


विराटनगर । पर्सि बुधबारदेखि पुनः वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement

आज राति कोशी र गण्डकी  प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार दिउँसो कोशीसहित बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार रातिबाट भने देशभर आंशिक देखि साधारणतया बदली हुने महाशाखाले उल्लेख गरेको छ । कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!