एसईईको नतिजा आजै सार्वजनिक हुने
विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । यसअघि शुक्रबारभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको बताएको बोर्डले कुनै प्राविधिक समस्या नआएमा आजै सार्वजनिक गर्ने जनाएको हो ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार कुनै समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने छ । गत वर्षको एसईईक...





























