विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

विपदका घटनामा १३१ को मृत्यु, दर्जनौं घाइते

काठमाडौँ । बाढी, पहिरोलगायत विपदका घटनामा परी आज दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा दुई जना तथा कोशी प्रदेशमा २२ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसैगरी, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विभिन्न जिल्लामा भएका घटनामा १४४ जना ...
असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

असुरक्षा बढेपछि बङ्गलादेशबाट काँकडभिट्टा हुँदै फर्किए ३४० विद्यार्थी

झापा । झापाको काँकडभिट्टा हुँदै तीन दिनमा ३४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् । बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि उनीहरु घर फर्किएका हुन् । काँकडभिट्टास्थित अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुका अनुसार नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी छन् । चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशम...
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेकपा (माले) लगायत विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन् । पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको स्मृतिमा श्रद्धाञ्जली सभा, गोष्ठीलगायत कार्यक्रम गर्...
विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर आएका हरिवंश आचार्य बिरामी भएपछि अस्पताल भर्ना

विराटनगर । प्रसिद्ध कलाकार हरिवंश आचार्य अस्वस्थ भएका छन् । विराटनगरमा एउटा कार्यक्रममा सहभागी हुन आएका उनी अचानक अस्वस्थ भएपछि विराट नर्सिङ होममा भर्ना भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको छ । नाकबाट रगत बग्ने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । विराटनगरको हिमगिरि हाइजिङको ब्रान्ड एम्बेसडरको सम्झौता पत्रमा हस्ताक्षर गर्न मदनकृष्ण श्रेष्ठसँगै आचार्य शनिबार आएका थिए ।  ...
स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

स्नातक तहमा पनि अब मौका परीक्षा दिन पाइने

विराटनगर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा अनुत्तीर्ण हुने विद्यार्थीले एक महिनाभित्र मौका (पूरक परीक्षा) दिन पाउने व्यवस्था गरेको छ । त्रिवि प्राज्ञिक परिषद्ले वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुत्तीर्ण हुने विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरेको हो । उपकुलपति केशरजङ्ग बरालका अनुसार सेमेस्टर प्रणालीमा ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था रहेकोमा अब वार्षिक प्रणालीमा...
प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाइँदै

विराटनगर । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को योगदानको स्मरण गरी ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । २०१५ को संसदीय निर्वाचनपछि २०...
गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

गुरुलाई सम्मान प्रकट गरी गुरुपूर्णिमा मनाइँदै

विराटनगर । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा दे...
बंगलादेशमा तनाव जारीः ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता

बंगलादेशमा तनाव जारीः ८०० नेपाली विद्यार्थी स्वदेश फिर्ता

काठमाडौँ । बंगलादेशमा जारी तनावका कारण ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो । उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो । ‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयको भनाइ छ’ ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थी...
बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

बंगलादेशमा हिंसा चर्कियोः सुरक्षा खोज्दै १५८ जना नेपाली मेघालयमा

काठमाडौँ । बंगलादेशको राजधानी ढाकामा जारी हिंसात्मक प्रदर्शनबाट जोगिन नेपालीसहित भूटानी र भारतीय विद्यार्थीहरु भारतको मेघालय पुगेका छन् । ज्यान जोगाएर मेघालय पुगेका नेपाली, भूटानी र भारतीयको संख्या ३६० रहेको भारतीय समाचार संस्था पिटीआइले जनाएको छ । उनीहरु हिंसा प्रभावित बंगलादेशबाट लुकेर मेघालय पुगेका हुन् । उनीहरुले त्यहाँ पुगेर विभिन्न स्थानमा शरण लिएर बसेका छन् । यसरी त्यहाँ भेला हुनेको संख्...
विपद् घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई २ लाख

विपद् घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई २ लाख

काठमाडौँ । मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्डअनुरुप दुई लाख रुपैयाँका दरले राहत दिइएको छ । यसका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा रकम गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको हो । मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म १२५ जनाभन्दा बढीको मृत्यु...
रिल्स बनाउने क्रममा झरनाबाट ३०० मिटर तल खसेपछि…

रिल्स बनाउने क्रममा झरनाबाट ३०० मिटर तल खसेपछि…

विराटनगर । सामाजिक सञ्जालका विभिन्न माध्यममा भिडियो राख्ने चलन अचेल बढेको छ । खासगरी फेसबुक, इन्स्टाग्राम जस्ता माध्यममा रिल्स बनाएर पोस्ट गर्ने चलन बढिरहेको छ । यस्ता भिडियो लोकप्रिय पनि हुन्छन् । यही कारण अरुले भन्दा फरक, आकर्षक र राम्रो भिडियो बनाएर पोस्ट गर्न धेरैले मन पराउँछन् । यसो गर्दा कतिपय प्रयोगकर्ता जोखिमपूर्ण स्थानहरुमा पनि पुगिरहेका हुन्छन् । त्यस्तो गर्दा अनेक दुर्घटना पनि भएका ...
कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले भदौदेखि परीक्षा सञ्चालन गर्ने

कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले भदौदेखि परीक्षा सञ्चालन गर्ने

विराटनगर । लोक सेवा आयोगले सरकारी कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सूचना जारी गर्दै आयोगले विभिन्न सेवा र समूहको पदपूर्तिका लागि कार्यतालिका सार्वजनिक गरेको हो । निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव...
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

विराटनगर । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि क...
कक्षा १२ को परीक्षाफल साउन तेस्रो साता

कक्षा १२ को परीक्षाफल साउन तेस्रो साता

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा साउन तेस्रो सातासम्ममा सार्वजनिक गर्ने जनाएको छ । उत्तरपुस्तिका परीक्षणको काम सकेर नतिजा प्रकाशित गर्ने तयारी भइरहेको बोर्डले जनाएको हो । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार देशभरबाट उत्तरपुस्तिका परीक्षण भएर आइसकेको बताएका छन् । त्यसलाई रुजु र इन्ट्री गर्दै नतिजा तयार पार्ने काम भइरहेको जनाइएको छ । गत वैशाख १४ गतेबाट स...
प्रधानमन्त्री ओलीले बनाए २२ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्री ओलीले बनाए २२ सदस्यीय मन्त्रीमण्डल, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीपरिषद् बनाएका छन् । आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका ओलीले आज राष्ट्रपति कार्यालय सितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई सपथ ग्रहण गराएका हुन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी ? प्रकाशमान सिंह: उपप्रधान तथा सहरी विकास विष्णु पौडेल: उपप...
बाढीपहिरोमा १०८ जनाको मृत्यु, ११९ घाइते

बाढीपहिरोमा १०८ जनाको मृत्यु, ११९ घाइते

विराटनगर । अविरल वर्षाका जेठ २८ गतेयता देशका विभिन्न स्थानमा बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ ...
बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

बससहित बगेका ६५ जनामध्ये ५ को शव भेटियो

विराटनगर । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । तीमध्ये तीनजनाको मात्र परिचय खुलेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । द...
बससँगै बगेर बेपत्ता भएका दुईजना मृत भेटिए

बससँगै बगेर बेपत्ता भएका दुईजना मृत भेटिए

विराटनगर । नारायणी नदी किनारमा आज दुईवटा शव फेला परेका छन् । नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नदीको बीच भागको टापुमा शव फेला परेका हुन् । नदीले बगाएर ल्याएका अन्दाजी २५-३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । त...
उच्च जोखिम भएका बेला राति सवारी साधन चलाउन नपाइने

उच्च जोखिम भएका बेला राति सवारी साधन चलाउन नपाइने

विराटनगर । उच्च जोखिमको सूचना (रेड एड्भाइजरी) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी साधन चलाउन नपाइने भएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा आज बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र याता...
एक महिनामा बाढीपहिरोमा परी ८३ जनाले ज्यान गुमाए, १०६ घाइते

एक महिनामा बाढीपहिरोमा परी ८३ जनाले ज्यान गुमाए, १०६ घाइते

विराटनगर । बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ जना पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते भएका छन् । पा...
टेलिकमको रिचार्ज र डाटा प्याक सेवा सात घण्टा अवरुद्ध हुने

टेलिकमको रिचार्ज र डाटा प्याक सेवा सात घण्टा अवरुद्ध हुने

विराटनगर । बिलिङ प्रणालीमा स्तरोन्नति गर्ने सिलसिलामा नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिदको सेवा सात घण्टा बन्द हुने भएको छ । टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद, ब्यालेन्स चेक, सोधपुछसहितका सेवा आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म प्रभावित हुने भएको हो । टेलिकमले सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएकोले यसका सेवा प्रभावि...
बाढीपहिरोमा परी ७० जनाले ज्यान गुमाए, ५ जना बेपत्ता

बाढीपहिरोमा परी ७० जनाले ज्यान गुमाए, ५ जना बेपत्ता

विराटनगर । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न स्थानमा गरी ७० जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भएयताका घटनाहरुमा ८६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाँचजना बेपत्ता भएका छन् । नेपाल प्रहरीको काठमाडौंस्थित मुख्यालयका अनुसार २४ घण्टायता मात्र बाढीपहिरोका कारण ५२ जनाभन्दा बढीको मृत्यु भएको छ । निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्ल...
रास्वपाले तत्काल सरकार नछाड्ने

रास्वपाले तत्काल सरकार नछाड्ने

विराटनगर । राजीनामा दिन भनेर प्रधानमन्त्रीलाई भेट्न पुगेका सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू राजीनामा नदिइ फर्किएका छन् । उनीहरु आज बिहान काठमाडौंको बालुवाटारस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गएका थिए । राजीनामा दिन गएको जनाए पनि प्रधानमन्त्रीसँग छलफलपछि नदिएको पार्टीका नेताहरुले बताएका छन् । सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान...
एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णयअनुसार एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयक...
कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

कोइरालाको शताब्दी जन्मजयन्ती मनाउँदै कांग्रेस

विराटनगर । नेपाली कांग्रेसले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । यसै अवसरमा काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा कोइरालाका जीवनसँग सम्बन्धित फोटो प्रदर्शनी गरिने भएको छ । गृहनगर विराटनगरलगायत देशका विभिन्न जिल्लामा पनि कोइरालाको स्मृतिमा कार्यक्रम गरिने पार्टीले जनाएको छ । भारतको सहर्सामा सन् १९२४ जुलाई ४ मा जन्मिएका कोइरालाको २०१० मा...
अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

अमेरिकाको ओहायोमा नेपाली गुरुहरुले दिए योग प्रशिक्षण

विराटनगर । अमेरिकाको ओहायोमा जीवन विज्ञान संस्थाका अगुवा गुरुहरुले योग प्रशिक्षण दिएका छन् । ‘चक्र विज्ञान’ मा आधारित योग प्रशिक्षण दिइएको हो । प्रशिक्षण एक सातासम्म चलेको थियो । एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको अनुभव सुनाए । उनले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफूमा परिवर्तन भएको महसुस गरेको बताए । डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान ...
फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

फेरियो केन्द्रीय गठबन्धन, कांग्रेस र एमाले मिलेर सरकार बनाउने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सञ्चालनका लागि गठबन्धन गर्ने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो । गएराति भएको सहमतिमा मन्त्रालय भागबण्डादेखि प्रदेशमा सरकारको नेतृत्वलगायत विषय समेटिएको जनाइएको छ । हाल एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने नेताह...
रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटनाः ७ जनाको मृत्यु

विराटनगर । रोल्पामा जिप दुर्घटना हुँदा एक बच्चासहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । माडी गाउँपालिका–२, घर्तीगाउँबाट माडी–४ मा पर्ने तलाबाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप परेवा छहरामा आज अपरा्हन दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनाका मृत्यु...
‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

विराटनगर । मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । हालै गरिएको एक अध्ययनपछि जारी प्रतिवेदनले शोषण बढेको देखाएको हो । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लाम) ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अ...
एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

एसईईको मौका परीक्षा साउन २३ गतेदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा आज तालिका सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरिएको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्ण...
पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

पत्रकार महासंघको गतिविधिप्रति पूर्वनेतृत्वकर्ताको चासो र चिन्ता

विराटनगर । नेपाल पत्रकार महासंघका पछिल्ला गतिविधिप्रति आफूहरूको ध्यानाकर्षण भएको पूर्वनेतृत्वकर्ताहरूले बताएका छन् । महासंघको शाख र मर्यादा कायम गर्न आवश्यक परे सहजीकरण गर्न पनि आफूहरू पछि नपर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका हुन् । नेपाल पत्रकार महासंघका पूर्वसभापति एवं पूर्वअध्यक्ष किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी र शिव गाउँले आइतबार ४ बुँदे वक्तव्य जारी गर्दै नेप...
error: Content is protected !!