संगालोखबर


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रास्वपा पार्टी मुख्यालय बनस्थलीबाट आज साँझ सीआईबीको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोप उनीमाथि छ । सो विषयमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

Advertisement

सो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन (गोर्खा मिडिया नेटवर्क) मा पैसा ल्याई अपचलन गरेको मुद्दा छ । पूर्वडिआइजी छविलाल जोशी, जीवी र रवि सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले भित्र्याएर अपचलन गरेको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।

यही घटनामा गत असोज ६ गते पूर्व डीआइजी जोशी पक्राउ परिसकेको छन् । गोर्खा मिडियाका तत्कालीन निर्देशक रहेका लामिछानेलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेको थियो । दशैं सकिए लगत्तै लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!