विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट केही बेर अगाडि पक्राउ गरेको हो ।
साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । सामाजिक सञ्जालमार्फत प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै कागजात सार्वजनिक गरेका थिए ।
अहिले उक्त भिडियो भाइरल भएको छ । उनलाई त्यही भिडियोको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जनाइएको छ ।