संगालोखबर


विराटनगर । सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यको पूजा आराधना गरेर अर्घ दिने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिपूर्वक छठ पर्वको समापन हुन्छ ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ ।

Advertisement

दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाएर बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गर्ने चलन छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ ।

छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि विराटनगरसहित तराईका जिल्लाहरू र काठमाडौं उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ पारिएको छ ।

पछिल्लो समय यो पर्व पहाडमा पनि मनाउन थालिएको छ । छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!