संगालोखबर


विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवो नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत दिन तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माण गर्न कोषको निर्माण गर्न आवश्यक रहेको माओवादीले जनाएको छ ।

Advertisement

‘बाढी पहिरोबाट प्रदेशमा ठूलो क्षति भएकोले राहत, पुनःस्थापना र पुननिर्माण सरकारको नियमित बजेटबाट सम्भव हुने नदेखिएकोले सङ्घीय सरकार, विकास साझेदार दातृ निकायहरू तथा निजी क्षेत्रसमेतको सहयोग जुटाउनेगरी ‘राहत एवं पुननिर्माण कोष’ स्थापना गरियोस्,’ मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तै बेपत्ताहरूको खोजी, उद्धार र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत वितरणको झन्झटिलो प्रक्रियालाई छोट्याएर स्थानीय तहसँग समन्वय गरी पीडितलाई दशैँअघि नै राहत उपलब्ध गराउन माग गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!