संगालोखबर


विराटनगर । काठमाडौंबाट भोजपुर आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये एक जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिका-१ का २६ वर्षीय बुद्धिमान तामाङको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

खोटाङ यातायात प्रालिको टिकट र बैङ्कको एटिएमका आधारमा उनको पहिचान खुलेको हो । उनका आफन्त सम्पर्कमा आइसकेका खड्काले जानकारी दिए । एक जना मृतकको भने पहिचान खुल्न बाँकी छ । मृतक व्यक्ति पुरुष रहेको र पहिचान गर्न आफन्त आउने क्रममा रहेका खड्काले जानकारी दिए ।

हिजो दिउँसो सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-५ द्वारखोला पुल स्थित मदन भण्डारी राजमार्गमा प्र ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको थियो । खड्काले संगालोखबरसँग भने, ‘गाडीमा ४७ जना यात्रु रहेछन् । जसमध्ये दुई जनाको मृत्यु भयो । अन्य ४५ जना घाइतेमध्ये अब ९ जनाको डिस्चार्ज हुन बाँकी छ ।’  तीब्र गतिका कारण  बस दुर्घटना भएको उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!