संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीले आज सात दिनको म्याद थप गरेको हो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीले जनाएको छ ।

Advertisement

यसअघि लामिछानेलाई अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान गरिएको थियो । लामिछाने गत शुक्रबार केन्द्रीय पार्टी कार्यालयबाट पक्राउ परेका थिए । लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले पोखरा लगायतका स्थानमा आन्दोलन गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!