विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रसाईंलाई प्रहरीले मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रसाईँले प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका थिए ।
उनी फेक डकुमेन्ट सार्वजनिक गरेको आरोपमा पक्राउ परेका हुन् ।