संगालोखबर


विराटनगर । काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको हायस दुर्घटनामा परेको छ । आज बिहान सिन्धुलीको कमलामाई नगरपालिका-८ सिस्नेरीस्थित बीपी राजमार्गमा हायस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीका अनुसार बा ५ ख ६६१८ नम्बरको हायस अनियन्त्रित भएर नालीमा पल्टिएको हो । घाइतेहरूको सिन्धुली अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Advertisement

सिन्धुली प्रहरीका अनुसार हायस चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-९ का ३५ वर्षीय  अनुज सुन्दास घाइते भएका छन् । उनको दुबै खुट्टामा चोट लागेको र अवस्था मध्यम छ ।

यस्तै सोही स्थानका हायस चालक ३० वर्षीय प्रकाश उप्रेतीको पनि खुट्टामा चोट लागेको छ । उनलाई थप उपचारका लागि घोपा पठाइएको प्रहरीले जनाएको छ । सुनसरी इटहरी उपमहानगरपालीका-१९ की २० वर्षीया शिसम घिमिरेको दाहिने खुट्टामा चोट लोको छ ।

झापा बिर्तामोड नगरपालिका-५ का ३२ वर्षीय समिर तामाङको दाहिने खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यस्तै इटहरी उपमहानगरपालीका-६ की २४ वर्षीया बिजया तिमल्सिनाको टाउको र बाँया हातमा चोट लागेको छ । उनको अवस्था पनि सामान्य छ ।

मोरङको लेटाङ नगरपालिका-६ का ४७ वर्षीय गोपाल नेपालीको मुख र हातमा चोट लागेको छ भने सोही स्थानका दीपेश राईको पनि मुखमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यसैगरी मधुमल्ला गाउँपालिका-९ का ३२ वर्षीय बम बहादुर खड्काको दाहिने खुट्टामा चोट लागेको छ ।

पाँचथरको याङ्वरक गाउँपालिका-४ का ३६ वर्षीय बिक्रम सुन्दासको दाहिने खुट्टा र मुखमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । याङ्वरककै २२ वर्षीय सुजन सुन्दासको हातमा सामान्य चोट लागेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-१ का ३३ वर्षीय गोरख बुढाथोकीको टाउको र खुट्टामा चोट लागेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका-१ का ६५ वर्षीय उपेन्द्र खतिवडाको नाक, छाती र हातमा चोट लागेको छ । उनीहरूको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै मधुमल्ला नगरपालिका-९ का ३४ वर्षीय नेत्रबहादुर खड्काको हात र मुखमा चोट लागेको छ । विराटनगर महानगरपालिका-८ का २३ वर्षीय अतुल कटुवालको निधारमा चोट लागेको छ ।

तेह्रथुम छथर गाउँपालिका-६ का २८ वर्षीय निर बहादुर लिम्बूको दाहिने खुट्टा र पेटमा चोट लागेको छ । उनीहरूको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!