विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार हिजो आफ्नै निवासबाट प्रसाईँ पक्राउ परेका थिए । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट फेक डकुमेन्ट सार्वजनिक गरेका थिए ।