संगालोखबर


विराटनगर । पाठ्यक्रम विकास केन्द्र सानो ठिमी भक्तपुरले कक्षा १ देखि कक्षा १२ सम्मको सबै विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन सम्बन्धमा छलफल गरेको छ । आज विराटनगरमा भएको छलफलमा सरोकारवाला निकायले पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले छिट्टै नै समय सापेक्ष र जीवनोपयोगी, वैज्ञानिक, व्यावहारिक तथा सीपमूलक पाठ्यक्रम तथा पाठ्यपुस्तक ल्याउने जनाएको छ ।

पाठ्यक्रम विकास केन्द्रले सातै प्रदेशमा सरोकारवालासँग यस विषयमा छलफल कार्यक्रम गरिएको जनाएको छ । अन्तरक्रिया कार्यक्रममा प्रधानाध्यापक, अभिभावक, शिक्षक, पत्रकार तथा सरोकारवाला निकायले पाठ्यक्रम सुधारका लागि सुझाव दिएका थिए ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक दिनानाथ गौतम, शाखा अधिकृत नारदप्रसाद धमला, नायब सुब्बा रजनी दाहाल, विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेल, शिक्षा विकास तथा समन्वय इकाई मोरङका निमित्त इकाई प्रमुख शिवप्रसाद घिमिरेलगायतले पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जन गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!