संगालोखबर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित रिक्त रहेका देशभरका ४१ पदमा आज स्थानीय तहको उपनिर्वाचन हुँदैछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गर्न लागिएको हो ।

Advertisement

मतदानका लागि बिहान ७ बजेदेखि अपराह्‍न ५ बजेसम्मको समय तोकिएको छ । मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा २० वटा राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेको उपनिर्वाचनका लागि १६२ मतदान स्थलमा २९३ मतदान केन्द्र तोकिएको छ ।

यसैबीच, ओखलढुंगा, कैलाली र रुकुमपूर्वका एक/एक गरी तीन पद निर्विरोध भइसकेका छन् । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर दुईको वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्तीको मात्र उम्मेदवारी परेकाले उनी पनि निर्विरोध भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!