अबको संघ-प्रदेशको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्छौँ : अध्यक्ष नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन संघीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन्।
एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे। ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच द...






























