मन्त्री परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री, सत्ता साझेदार दलसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिवर्तन गर्न आज सत्ता साझेदार दल नेपाली काँग्रेससँग छलफल गर्दै छन् । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेता सहभागी हुनेछन् । प्रधानमन्त्...




























