
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । उनले ‘श्रम संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।
निर्वाचन आयोग श्रोतका अनुसार पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको छ । उनले आफैँ अध्यक्ष रहने गरी दल दर्ताका लागि निवेदन दिएको जनाइएको छ ।

संगालोखबर 













