कोशीमा वाईसीएलको श्रमदान : वृक्षारोपणदेखि बाँध निर्माणसम्म
विराटनगर । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले सुरु गरेको श्रमदान अभियानले तीव्रता पाएको छ । साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ नामक अभियानले कोशी प्रदेशमा पनि तिव्रता पाएको हो ।
‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षार...




























