
काठमाडौं । नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । आज पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको हो ।
सभापति देउवाले सम्बोधन गरिसकेपछि आजको बैठक सकिएको छ । अब पर्सि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खड्काले गर्नेछन् ।
गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन् । देउवा उपचारका लागि विदेश जाने तयारीमा रहेकाले खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएको जनाइएको छ ।

संगालोखबर 













