संगालोखबर


विराटनगर । कोशी प्रदेश सभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । संघीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् ।

उनको शपथग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि ९ महिनादेखि प्रदेश सभा सचिवालय नेतृत्वविहीन अवस्थामा थियो ।

Advertisement

पराजुलीलाई पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएर भ्रष्टाचार गरेको आरोपमा सर्वोच्च अदालतले ६ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!