संगालोखबर


विराटनगर । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्माले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको अवलोकन गरेका छन् ।

जेनजी आन्दोलनमा ध्वस्त भएको कोइराला निवास अवलोकनपछि उनले लोकतन्त्रको जन्म यात्रासँग प्रत्यक्ष जोडिएको ऐतिहासिक धरोहरमाथिको आक्रमणलाई अत्यन्तै दुर्भाग्यपूर्ण र अमानवीय घटना भएको बताए ।

Advertisement

‘कोइराला निवास केवल एउटा घरको संरचना मात्र होइन । राणाशासनविरुद्धको विद्रोह सँगालिएको, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायतका अग्रजहरूले लोकतान्त्रिक परिवर्तनको मार्गचित्र तयार पारेको पवित्र ऐतिहासिक स्थल हो’, उनले भने ।

यस्तो धरोहरमाथि गरिएको प्रहारले इतिहासमाथि मात्र नभएर राष्ट्रको लोकतान्त्रिक आत्मामाथि समेत आघात पुर्याएको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!