नदीमा हामफालेर उदयपुरकी महिला बेपत्ता, सोलुखुम्वुमा बालिकालाई खोलाले बगायो
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका – २ ज्यामिरेकी कुम्भकुमारी कार्की सुनकोशी नदीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे ४० बर्षीय कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ ।
घटनापछि कार्कीका आफन्त, प्रहरी र स्थानीयबासीले उनको खोजी जारी राखेका छन् । नदीमा हामफाल्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी...
































