- संगालोखबर सम्वाददाता

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो ।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य यथावत छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!