सन्तोष रुचाल/संगालोखबर

धनकुटा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बर्तमान सरकार असफल भइसकेको आरोप लगाएका छन् । प्रेस युनियनले आज धनकुटामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले विकासको प्राथमिकता र जनताका आवश्यकता छुट्याउन नसक्दा सरकार असफल भएको बताएका हुन् ।

Advertisement

सरकारमा भएकाहरुले हावादारी कुरा गरेर समृद्धिको यात्रामा ध्यान नदिएको भन्दै नेता पौडेलले सरकारले जनतालाई सुशासनसँगै न्याय दिन नसकेको र पक्षपातपूर्ण शासन गरेको बताए ।

स्वदेशी लगानीकर्ता, दाता र सहयोगी भाग्न थाल्दा समृद्धिका बाटाहरू रोकिन थालेको उनको ठम्याई छ । ‘अन्तर्राष्ट्रिय सहयोग पनि बन्द भएकाले समृद्धिको यात्रा तय गर्न सक्ने कुनै आधार नै छैन ।’ नेता पौडेलले भने ।

सरकारको विरोधमा अधिकांश समय खर्चिएका पौडेलले कुरा मात्रै ठुला गर्ने र काम केही नगर्ने भएकाले सरकार असफल भएको पटक–पटक दोहोर्याए ।

फरक प्रसंगमा नेता पौडेलले सिमा विवाद मिलाउने काम सरकारको भएकाले त्यसमा सरकारले राम्रो गरे कांग्रेसले सहयोग गर्ने बताए । उनले प्रदेश प्रमुख हटाएर सरकारले मत्ताहात्तीको रवैया देखाएको आरोपसमेत लगाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!