उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका – २ ज्यामिरेकी कुम्भकुमारी कार्की सुनकोशी नदीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे ४० बर्षीय कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ ।
घटनापछि कार्कीका आफन्त, प्रहरी र स्थानीयबासीले उनको खोजी जारी राखेका छन् । नदीमा हामफाल्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका–४ कि १३ बर्षीया निर्मला भुजेललाई स्थानीय रोक खोलाले बगाएर बेपत्ता बनाएको छ । मंगलवार बिहान १० बजे भाउजुको उपचारका लागि जाँदै गर्दा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।
बेपत्ता बालिकाको ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोजतलास गरिरहेको भएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।