धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी–६ मुंगालीगाउँका ५२ बर्षीय लालबहादुर कार्की छन् ।
आईतवार साँझ साँढे ७ बजे घरबाट निस्किएका कार्की घर नफर्किएपछि खोजि गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा सोमबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय छुम्लिङ भीर मुनी कार्की मृत फेला परेका हुन् । उनी लाटेभञ्ज्याङ स्थित नागेश्वर माध्यमिक बिद्यालयका पूर्व शिक्षकसमेत हुन् ।
घटनाको बिषयमा लेगुवा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय धनकुटाको टोलीले अनुसन्धान गरिरहेको छ ।