- संगालोखबर सम्वाददाता

बिराटनगर । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं बार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारीलाई पुरस्कृत र सर्वोत्कृष्ट अंक ल्याउँने २७ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुँनेहरुमा डा.प्रमोद शर्मा गौतम, सुरेन्द्र प्रशाद शाह, डा.विवेक सिंह, नविना कोईराला, अमृता तिम्सिना, ससित खवास, सुरेन्द्र घिमिरे, अर्विन्द कुमार सिंह, किसोर बस्नेत, डा.कलामुदिन खान, प्रियंका रेग्मी, दिक्षा निरौला, नन्दलाल ठाकुर, राधा खाँ, मनिका माझी, संजिव कुमार माझी, बेनी मायाँ लिम्बु, कौशल किसोर ओझा, आसनारायण राजवंशी र कमल राजवंशी छन् ।

सम्मानित हुँने बिद्यार्थीहरुमा माधव पौडेल, हिमाल दाहाल, निष्ठा बराल, सागर शाह, लक्ष्मी वाग्ले, सिर्जना राना मगर, गोबिन्द तामाङ, प्रदिप तिरुवा, रिङ्की रोय, उपमा भण्डारी, समिरा लिङ्खा, बबिता बस्नेत, ईदर्श राई, सुधिर न्यौपाने, लक्ष्मी तामाङ, गोमा तामाङ, नविना प्रजापति र रोस्नी लिम्बु छन् ।

त्यस्तै सुवास खतिवडा, खेमराज बस्नेत, युनिसा कडरिया, कला सेन्दाङ, दिपकला तामाङ, सागर लामा तामाङ, श्रेया निरौला, सिम्रन श्रेष्ठ र बिसाल चापागाई पनि सम्मानित भएका छन् ।

फरक–फरक १७ बिद्याका उत्कृष्ट कर्मचारीलाई जनही ६ देखि २५ हजारसम्म नगदसहित प्रशंसा पत्र र खादा ओढाएर पुरस्कृत गरिएको होे । सर्वोत्कृष्ट अंक ल्याउँने २९ बिद्याका बिद्यार्थीहरुलाई खादा ओढाएर प्रशंसा पत्र प्रदान गरि सम्मानित गरिएको छ ।

उनीहरुलाई अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, सञ्चालक डा.सुनिल शर्मा, प्रवन्ध निर्देशक इन्दिरा बराल, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्राचार्य डा.रामहरी घिमिरे, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, जनसम्पर्क अधिकृत नारायण दाहाल लगायतले सम्मान एवं पुरस्कृत गरेका छन् ।

कार्यक्रममा कर्मचारी र बिद्यार्थीको बिभिन्न साँस्कृतिक प्रस्तुतीले रौनकता प्रदान गरेको थियो ।

भिडियो…

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Loading...

तपाईको प्रतिक्रिया

error: Content is protected !!