धनकुटा । जाडो बढेसँगै चौबिसे गाउँपालिकाका चार सय भन्दा बढी बिद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । चौबिसे गाउँपालिका र सेवक अभियान सुनसरीको संयुक्त लगानीमा चौबिसेका छ विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो स्वीटर वितरण गरिएको हो ।
अठारसय मावि, साक्रोप्पा प्रावि, सारथुक्पा प्रावि, सल्लेरी प्रावि, सरस्वती प्रावि, र पिपलडाँडा प्राविमा अध्ययनरत ४ सय १५ विद्यार्थीलाई स्वीटर वितरण गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।
स्वीटर वितरण गरिएपछि जाडोको समयमा विद्यार्थीहरुलाई पठनपाठनमा सहज भएको अठारसय माविका प्रधानाध्यापक बुद्धवीर चेम्जोङले बताए ।
स्वीटर वितरणकै अवसरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका बालरोग विशेषज्ञ डाक्टरहरुको टोलीले १ सय १० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधिसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।