संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।

Advertisement

हिलेबाट जोरपाटी तर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थल मै मृत्यु भएको हो ।

टेम्पुमा सवार छथरजोरपाटी गाउँपालिका–५ का २२ बर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास नगरपालिका–५ का २५ बर्षीय प्रदिप बस्नेत घाईते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

डोजर बोक्न प्रयोग गरिने टेलर र टेलर चालक संखुवासभा मादीमुलखर्क–५ का ३९ बर्षीय ज्ञान बहादुर गुरुङलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस् …

धनकुटा दुर्घटना अपडेट : क्षतिपूर्ति दिने सहमतिसँगै सात घण्टापछि कोशी राजमार्ग खुल्यो

 

धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, पीडित पक्षद्वारा कोशी राजमार्ग अवरुद्ध

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!