- संगालोखबर सम्वाददाता

मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी निर्वाचनमा मोरङको क्षेत्र नं.३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्ने दावी गरेका छन् । जी.पी. कोइराला अध्ययन केन्द्रले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभालाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् ।

Advertisement

कम्युनिष्टको गढको रुपमा चिनिने ३ नम्बर क्षेत्रमा अव कांग्रेसले वडादेखि प्रतिनिधिसभासम्म बिजय प्राप्त गर्ने नेता शर्माको दावी छ । अहिले कांग्रेसलाई मलजल गरेर जनप्रिय बनाउँने काम भईरहेको भन्दै डा.शर्माले अव जनताको मन जितेर बिजयको झण्डा फहराउँने दिन नजिकिदै गएको बताए । ‘दुई बर्ष बितिसक्यो, अव तीन बर्ष बाँकी छ ।’ उनले भने ‘जनताको प्रतिक्षाको घडी नजिकिदै छ, अव कांग्रेसले ३ नम्बर क्षेत्रमा क्लिन स्वीप गरेर देखाउँछ ।’

चाईनिज बाँसको उदाहरण दिदैं डा.शर्माले भने ‘पाँच बर्षसम्म मजलज गरेपछि मात्र चाईनिज बेम्बो बाँस उम्रन्छ र उम्रिएको पाँच हप्तामै ९० फिट ह्वात्तै बढ्छ । यसरी नै अव ३ नम्बर क्षेत्रमा कांग्रेसको मलजल पुरा हुँदैछ, अव बिजयको झण्डा फहराउँने दिन आउँदैछन् ।’

नेकपाका नेताको झुटो आश्वासन कै कारण कम्युनिष्टको लालकिल्ला तोडिदै गएको उनले बताए । सुकुम्वासी समस्या समाधान गर्ने झुटो आश्वासन बाढेर जनताको मत प्राप्त गरेर बिजयी बनेका मन्त्री भानुभक्त ढकालले जनतालाई झुक्याएको शर्माको आरोप छ ।

गरिब, बिपन्न तथा असहायलाई निःशुल्क उपचार गर्दा नेकपाका नेतालाई टाउँको दुखाई भएको भन्दै उनले अरुको इस्र्या नगरी जनताको सेवा गरेर देखाउँन मन्त्री ढकाललाई चुनौति पनि दिए । हामीले दुखी गरिबलाई सेवा गर्दा नेकपाका नेताहरु ‘एम्बुलेन्स आतंक’ मच्चायो भन्न थाल्नु भएको छ ।’ नेता शर्माले भने ‘तपाईहरु शक्तिमा हुनुहुन्छ, सरकारी सम्पत्ती प्रयोग गरेर जनताको सेवा गर्नुस्, हाम्रो ईस्र्या गर्नु पर्दैन ।’

कोईरालाहरुको नेतृत्वमा कांगेसले दुई तिहाई ल्याउँने

फरक प्रशंगमा डा.शर्माले अब कोईरालाहरुको नेतृत्वमा कांग्रेस जाग्ने धारणा राखेका छन् । कांगेस पार्टीको बिकासमा कोईराला परिवारको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उनले हिजो निदाएको कांग्रेस अव कोईरालाहरुको नेतृत्वमा जागेर दुई तिहाई बहुमत ल्याउँने विश्वास व्यक्त गरे ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!