- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको हिलेमा आज दिउँसो ट्याक्टर पल्दिँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । उत्तिसको गोलिया लिएर त्रिसुलेबाट हिलेतर्फ जाँदै गरेको को.२ त.७८२१ नम्बरको ट्याक्टर धनकुटा–१ हिले सिरान स्थित होराईजन होटल नजिक दिउँसो करिव १ बजे दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी ट्याक्टर चालक धनकुटा–१ सिजाली गाउँका ४० बर्षीय राजकुमार सिजाली मगर र सह–चालक २८ बर्षीय दलमान सिजाली मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

चालक राजकुमारको घटनास्थलमै र सह–चालक दलमानको उपचारका लागि हिले तर्फ लैजादै गर्दा मृत्यु भएको हो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल पठाईएको छ । ओरालो सडकमा ब्रेक फेल भई अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको अनुमान गरिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!