काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिपरिषदको नामावली राष्ट्रपति कार्यालयले जारी गरेको छ।
प्रधानमन्त्रीले ६ जना मन्त्री र ३ जना राज्यमन्त्री हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याएका छन् ।
हृदयश त्रिपाठी, धनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् ।
त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । यसअघि मन्त्री रहेका लालबाबु पण्डितलाई हटाइएको छ । यस्तै भुसाल चक्रपाणि खनाललाई विस्थापित गर्दै कृषि तथा पशुपक्षी मन्त्री बन्न सफल भएका छन् ।
यसैगरी लेखराज भट्ट मातृका यादवलाई विस्थापित गर्दै उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल भएका छन् भने रामेश्वर राय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न सफल भएका छन् । यसअघिका मन्त्री गोकर्ण विष्ट हटाइएका छन् ।
यसैगरी बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा रघुवीर महासेठ हटाइएका छन् । यस्तै पार्वत गुरुङ महिला बालबालिका मन्त्री बन्दा थपमाया थापाको पनि ओली क्याबिनेटबाट बिदाइ भएको छ ।
यस्तै उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले तीन जना राज्यमन्त्री बनेका दुगड, रावत र मानन्धरले क्रमशः उद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या र सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाएको उल्लेख गरेका छन् । नयाँ मन्त्रीको सपथ बिहीबार गराउने तयारी छ।
मन्त्रिपरिषद्को विवरण :