रबिन कटेल/संगालोखबर

धनकुटा । सवारी दुर्घटनामा मृत्यु भएका मृतकका आफन्त र स्थानीयबासीको अवरोधका कारण बन्द रहेको कोशी राजमार्गको हिले–सिधुवा सडक खण्ड सात घण्टापछि आईतबार साँझबाट सुचारु भएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँने, घाईतेलाई उपचारको व्यवस्था गर्ने लगायत सहमतिपछि साँझ सात बजेबाट सडक अवरोध हटेको हो ।

Advertisement

छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आईतबार दिउँसो करिव १२ बजे हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर ठक्कर खाएको हो । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृत्यु भयो । दुर्घटनामा घाईते भएका टेम्पुमा सवार छथर जोरपाटी–५ का २२ बर्षीय रविन घिमिरे र तेह्रथुमको लालिगुँरास–५ का २५ बर्षीय प्रदिप बस्नेत उपचाररत छन् ।

घटनापछि आक्रोसित मृतकका आफन्त र स्थानीयबासीले दुर्घटनास्थलमा शव तेस्राएर प्रदर्शन गर्दै दिनभर सडक अवरोध गरे । उनीहरुले टायर बालेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शन चर्किदै गएपछि जिल्ला सदरमुकामबाट दुर्घटनास्थलमा दर्जनौं सुरक्षाकर्मी पठाईएको थियो । राजमार्गमा दिनभर सवारी आवतजावत हुँन नसक्दा सयौं सवारी सडकमै रोकिए । मध्यान्नदेखिकै सडक अवरोधका कारण घण्टौं चिसोमा कठ्यांग्रिनु पर्दा यात्रुको बिचल्ली भएको थियो ।

घटनापश्चात प्रशासनको पहलमा मृतकका आफन्त र ट्रेलर साहु पक्षवीच अपरान्ह छलफल भएको थियो । जिल्ला प्रहरी कार्यालयमा भएको करिव दुई घण्टा लामो छलफलमा दुई पक्षवीच सहमति जुटेपछि साँझबाट सवारी सुचारु भएको धनकुटाका प्रहरी निरीक्षक भास्कर खतिवडाले बताए । सहमतिपछि दुवै मृतकका शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको छ । डोजर बोक्न प्रयोग गरिने टेलर र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो पनि पढ्नुहोस् …

धनकुटामा मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, पीडित पक्षद्वारा कोशी राजमार्ग अवरुद्ध

 

धनकुटाको जोरपाटीमा टेलर र टेम्पु जुध्दा २ जनाको घटनास्थलमै मृत्यु, २ घाईते

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!