- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–३ कागते स्थित मार्गा पात्ले टोलबस्तीका किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । जलवायु परिवर्तन अनुकुलन नमुना गाउँ कार्यक्रम अन्तर्गत मार्गा पात्ले टोलबस्ती संगठनका ४० परिवारलाई प्लाष्टिक टनेल वितरण गरिएको हो ।

पर्डेप नेपाल धनकुटाको आयोजना तथा धनकुटा नगरपालिका र युएनडीपीको आर्थिक सहयोगमा किसानलाई टनेल प्रदान गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरे, टोलबस्ती संगठनका अध्यक्ष मिन बहादुर कार्की लगायतले टनेल वितरण गरेका छन् ।

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख तामाङले किसानलाई कृषि यन्त्रसहित नयाँ आधुनिकिकरणमा लैजानु पर्ने आवश्यकता औल्याउँदै जलवायु परिवर्तन रोकथामका लागि सामाग्री वितरण गरिएको बताए ।

यो कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकाको सिजाली, थिङ ओख्र बरबोटे र ओक्मालुङका २ सय ५५ घर, वडा नं. २ को मुडे चोक्रोकका २ सय ३५ घर र वडा नं. १० को उत्तरपानीका ७० घरलाई प्लाष्टिक टनेल वितरण गरिने पर्डेपका कार्यक्रम संयोजक मिनप्रसाद सुवेदीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!