संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल फोटो पत्रकार महासंघको धनकुटा शाखा गठन भएको छ । जिल्लाका पत्रकारहरुको भेलाले रमेशचन्द्र अधिकारीको अध्यक्षतामा सात सदस्यीय समिति निर्माण गरेको हो ।

Advertisement

समितिको उपाध्यक्षमा सर्मिला राई, सचिवमा कविराज घिमिरे, सह–सचिवमा ईश्वर थापा र कोषाध्यक्षमा मानवी मोक्तान छन् । त्यस्तै सदस्यहरुमा नरेन्द्र कश्चित र विकास घिमिरे चयन भएका छन् । महासंघको सल्लाहकारमा पत्रकार महासंघ धनकुटाका सभापति राजेश्वर बहादुर श्रेष्ठ र केन्द्रिय प्रतिनिधिमा पत्रकार महासंंघका जिल्ला उपाध्यक्ष नगेन्द्र राईलाई तोकिएको छ ।

विराटनगरमा पुस २ देखि ४ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा पर्यवेक्षकका रुपमा सल्लाहकार राजेश्वर बहादुर श्रेष्ठ, केन्द्रीय प्रतिनिधि नगेन्द्र राई र जिल्ला अध्यक्ष रमेशचन्द्र अधिकारीलाई पठाउने निर्णय भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!