- संगालोखबर सम्वाददाता

मोरङ । मोरङ र सुनसरी जिल्लामा करेन्ट लागेर दुई जना बालकको मृत्यु भएको छ । माछा मार्ने क्रममा करेन्ट लागेर मोरङ सुन्दरहरैचा नगरपालिका–५ सुनौलीचोकका बिकास मगरको ८ बर्षीय छोरा रोहन मगरको मृत्यु भएको छ ।

Advertisement

स्थानीय खोक्सीमा रहेको बुढीखोलामा दिउँसो करिव ३ बजे माछा मार्ने क्रममा करेन्ट लाग्दा उनी गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी करेन्ट लागेर सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवा दुर्गाटोलका रंजित रायको छोरा ९ बर्षीय आचल रायको मृत्यु भएको छ । गएराति पौने १० बजे आफ्नै घरको बरण्डामा सुकाएको कपडा झिक्दा नाङ्गो तारले भेटेर उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गंभीर घाईते भएका बालकलाई उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!