ताप्लेजुङ । तमोर नदीले बगाएर ताप्लेजुङकी एक बृद्धा बेपत्ता भएकी छन् । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ की ६० बर्षीया संगिता सुनुवारलाई तमोर नदीले बगाएको हो ।
तमोर नदी किनारमा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार सोमवार साँझ करिव ५ बजे पानी भर्ने क्रममा नदीले बगाएर बेपत्ता भएकी हुन् ।
प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले बेपत्ता सुनुवारको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।