नर्सिङ्ग संघ केन्द्रिय कार्यसमिति निर्वाचन : प्रदेश १ बाट एक हजार नर्सले गरे मतदान

नर्सिङ्ग संघ केन्द्रिय कार्यसमिति निर्वाचन : प्रदेश १ बाट एक हजार नर्सले गरे मतदान

मोरङ । नेपाल नर्सिङ्ग संघको १९ औं केन्द्रिय कार्यसमिति निर्वाचनका लागि बुधबार प्रदेश नम्बर १ बाट एक हजार भन्दा बढी नर्सले मतदान गरेका छन् । मोरङ, सुनसरी, झापा र धनकुटामा भएको मतदानमा एक हजार भन्दा बढी नर्सले केन्द्रिय कार्यसमिति छनौटका लागि मतदान गरेका हुन् । जसमध्ये बिराटनगरमा सवै भन्दा बढी ६ सय र धनकुटामा सवैभन्दा कम २१ जनाले मतदान गरेको नर्सिङ्ग संघ मोरङका सचिव मेनुका भण्डारीले जानकारी दिईन्...
नेकपा नेता राई भन्छन् ‘आफ्नो पार्टीले हेरेन, चुनाब हार्ने कांग्रेसका सुनिल शर्माले बचाए’

नेकपा नेता राई भन्छन् ‘आफ्नो पार्टीले हेरेन, चुनाब हार्ने कांग्रेसका सुनिल शर्माले बचाए’

मोरङ । मोरङको कानेपोखरी–६ दुर्गा टोलका रामकुमार राई बिगत ४० बर्षदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । पूर्व माओवादीको तर्फबाट जनसरकार प्रमुखसमेत बनेका उनी अहिले अस्पतालको सैयामा जीवन–मरणको दोसाँधमा छन् । मुटु र मृगौलामा समस्या देखिएर बिगत दुई महिना अघिदेखि थला परेका उनी आफुलाई समस्या पर्दा राजनीतिक सहपाटीको साथ पाउँने आसमा थिए । उनी गंभीर स्वास्थ्य समस्याले ग्रसित भएर उपचार गर्न पैसा अभावमा तड...
बसको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि चाबहिलमा तनाब, बस जलाएर प्रदर्शन (भिडियोसहित)

बसको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि चाबहिलमा तनाब, बस जलाएर प्रदर्शन (भिडियोसहित)

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचार...
नुवाकोटमा मिनीट्रक पल्टिँदा २ जनाको मृत्यु, ५ घाइते

नुवाकोटमा मिनीट्रक पल्टिँदा २ जनाको मृत्यु, ५ घाइते

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । नायब उपरीक्ष...
उदयपुरमा जीप दुर्घटना, ४ जनाको मृत्यु

उदयपुरमा जीप दुर्घटना, ४ जनाको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका –३ जरुवामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३ का ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ छन् । ज्यान गुमाउने मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको...
भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान साँढे १० बजे घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर उनको मृत्यु भएको हो । घटनापछि ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
नदीमा हामफालेर उदयपुरकी महिला बेपत्ता, सोलुखुम्वुमा बालिकालाई खोलाले बगायो

नदीमा हामफालेर उदयपुरकी महिला बेपत्ता, सोलुखुम्वुमा बालिकालाई खोलाले बगायो

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका – २ ज्यामिरेकी कुम्भकुमारी कार्की सुनकोशी नदीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे ४० बर्षीय कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । घटनापछि कार्कीका आफन्त, प्रहरी र स्थानीयबासीले उनको खोजी जारी राखेका छन् । नदीमा हामफाल्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी...
धनकुटामा बाँदर आतंक

धनकुटामा बाँदर आतंक

धनकुटा । धनकुटा नगरपालिका–६ आत्मारा गाउँका धनप्रसाद राईले दुई वर्षअघि वडाध्यक्षसमक्ष बाँदरविरुद्ध उजुरी गरेका थिए । बाँदरको उपद्रोकै कारण अहिले उनी बसाइँ सर्ने तयारीमा छन् । ‘बिहान उठेदेखि बेलुकीसम्म अरू काम छाडेर बाँदर लखेट्न टिन ठटाएर बस्नुपरेको छ,’ उनले भने, ‘बालीनाली पनि रहँदैन, हातमुख जोड्ने बाटो नै बाँदरले खोसिदिने अवस्था भएपछि बस्न सकिएन ।’ हर्कटारका रनपाल राईले पनि आफ्नो १६ रोपनी जग्गाम...
डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ । पेट...
धनकुटामा अनौठो विवाह : थुनुवाको जन्ती प्रहरी, घरमा बेहुली भित्राएर बेहुलो गए हिरासत

धनकुटामा अनौठो विवाह : थुनुवाको जन्ती प्रहरी, घरमा बेहुली भित्राएर बेहुलो गए हिरासत

विराटनगर । घरमा विवाहको सबै तयारी पूरा भइरहेको थियो । टाढाटाढाबाट आफन्त आइसकेका थिए । बेहुला धरान उपमहानगरपालिका –१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगे । त्यहाँ लागूऔषध सेवन मात्र गरेनन्, घरका लागि भन्दै लिएर आए । जोगबनीबाट फर्किँदै गर्दा बाटोमा पक्राउ परे । उनको साथबाट ७ एम्पुल लुपिजेसिक,७–७ पिस एभिल ...
कांग्रेस नेता रिजालको पहलमा डा.शर्माको साथ : छ महिनादेखि थलिएका ऋषिदेवले पाए उपचार

कांग्रेस नेता रिजालको पहलमा डा.शर्माको साथ : छ महिनादेखि थलिएका ऋषिदेवले पाए उपचार

मोरङ । उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौलतपुरका ३६ वर्षीय श्यामकुमार ऋषिदेवको उद्धार गरिएको हो । अत्यन्तै कमजोर आर्थिक अवस्थाका ऋषिदेव पैसा अभावमा उप...
धनकुटामा फोटो पत्रकार महासंघ गठन, अध्यक्षमा अधिकारी

धनकुटामा फोटो पत्रकार महासंघ गठन, अध्यक्षमा अधिकारी

धनकुटा । नेपाल फोटो पत्रकार महासंघको धनकुटा शाखा गठन भएको छ । जिल्लाका पत्रकारहरुको भेलाले रमेशचन्द्र अधिकारीको अध्यक्षतामा सात सदस्यीय समिति निर्माण गरेको हो । समितिको उपाध्यक्षमा सर्मिला राई, सचिवमा कविराज घिमिरे, सह–सचिवमा ईश्वर थापा र कोषाध्यक्षमा मानवी मोक्तान छन् । त्यस्तै सदस्यहरुमा नरेन्द्र कश्चित र विकास घिमिरे चयन भएका छन् । महासंघको सल्लाहकारमा पत्रकार महासंघ धनकुटाका सभापति राजेश्वर...
चैत ६ देखि १७ गतेसम्म एसईई परीक्षा, यस्तो छ परीक्षा तालिका

चैत ६ देखि १७ गतेसम्म एसईई परीक्षा, यस्तो छ परीक्षा तालिका

काठमाडौं । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्...
झापामा सिन्दुर हाल्न बेहुलाको हात नउठेपछि भाडियो विवाह, तिराईयो ४ लाख जरिवाना

झापामा सिन्दुर हाल्न बेहुलाको हात नउठेपछि भाडियो विवाह, तिराईयो ४ लाख जरिवाना

सुरुङा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चारलाख जरिवाना तिरेका छन् । यो झापाको घटना हो । मङ्सिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रमअनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाक...
दुहवीले जित्यो धनकुटा गोल्डकपको उपाधि

दुहवीले जित्यो धनकुटा गोल्डकपको उपाधि

धनकुटा । दुहवी फुटवल क्लव सुनसरीले धनकुटाको हिलेमा सञ्चालित प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा रोयल धरान फुटवल फेन्ड क्लवलाई सडेनडेथमा पराजित गदै दुहवीले उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयको खेल दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलियो । ट्राइबेकरमा दुबै तर्फवाट चार–चार गोलको बराबरी भयो । पुनः गरिएको ट्राइबेकरमासमेत दुबै तर्फबाट ती...
नेत्र ज्योती संघको अध्यक्षमा श्रेष्ठ

नेत्र ज्योती संघको अध्यक्षमा श्रेष्ठ

धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाको अध्यक्षमा रोशेष श्रेष्ठ चयन भएका छन् । तत्कालिन अध्यक्ष दोर्ण गुरागाई संघको महाधिवेशनबाट केन्द्रिय कोषाध्यक्षमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पदमा संघको बैठकले श्रेष्ठलाई चयन गरेको हो । सोहि अवसरमा नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान एवं बधाई ज्ञापन गरिएको छ । केन्द्रिय कोषाध्यक्षमा निर्वाचित गुरागाई, धनकुटा अध्यक्ष श्रेष्ठ, नव निर्वाचित केन्द्रिय ...
धनकुटा दुर्घटना अपडेट : क्षतिपूर्ति दिने सहमतिसँगै सात घण्टापछि कोशी राजमार्ग खुल्यो

धनकुटा दुर्घटना अपडेट : क्षतिपूर्ति दिने सहमतिसँगै सात घण्टापछि कोशी राजमार्ग खुल्यो

धनकुटा । सवारी दुर्घटनामा मृत्यु भएका मृतकका आफन्त र स्थानीयबासीको अवरोधका कारण बन्द रहेको कोशी राजमार्गको हिले–सिधुवा सडक खण्ड सात घण्टापछि आईतबार साँझबाट सुचारु भएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँने, घाईतेलाई उपचारको व्यवस्था गर्ने लगायत सहमतिपछि साँझ सात बजेबाट सडक अवरोध हटेको हो । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आईतबार दिउँसो करिव १२ बजे हिलेबाट जोरपाटीतर्फ जादै गरेको क...
मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, पीडित पक्षद्वारा कोशी राजमार्ग अवरुद्ध

मृतकको शव सडकमा तेस्राएर प्रदर्शन, पीडित पक्षद्वारा कोशी राजमार्ग अवरुद्ध

धनकुटा । सवारी दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा प्रदर्शन गर्दै कोशी राजमार्ग अवरुद्ध गरेका छन् । मृतकको शव सडकमा तेस्राएर टायर बालेर प्रदर्शनसहित सडक अवरुद्ध गरिएको हो । आज दिउँसो करिव १२ बजे टेलर र टेम्पु ठक्कर खाँदा टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ बर्षीय साङ्गे शेर्पाको घट्नास्थलमै मृ...
जोरपाटीमा टेलर र टेम्पु जुध्दा २ जनाको घटनास्थलमै मृत्यु, २ घाईते

जोरपाटीमा टेलर र टेम्पु जुध्दा २ जनाको घटनास्थलमै मृत्यु, २ घाईते

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटी तर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ बर्षीय दशरथ पाख्रीन र टेम्पुमा सवार तेह्रथ...
धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको हो । बम विष्फोटमा ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय ...
मोरङको क्षेत्र नं. ३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्छ : डा.शर्मा

मोरङको क्षेत्र नं. ३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्छ : डा.शर्मा

मोरङ । नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी निर्वाचनमा मोरङको क्षेत्र नं.३ मा कांग्रेसले ‘क्लिन स्वीप’ गर्ने दावी गरेका छन् । जी.पी. कोइराला अध्ययन केन्द्रले मोरङको पथरीशनिश्चरेमा आयोजना गरेको सभालाई संबोधन गर्दै डा.शर्माले यस्तो बताएका हुन् । कम्युनिष्टको गढको रुपमा चिनिने ३ नम्बर क्षेत्रमा अव कांग्रेसले वडादेखि प्रतिनिधिसभासम्म बिजय प्राप्त गर्ने नेता शर्माको दावी छ । अहिले...
ट्रक दुर्घटना हुँदा सिधुवा–बसन्तपुर सडक अवरुद्ध (फोटो फिचरसहित)

ट्रक दुर्घटना हुँदा सिधुवा–बसन्तपुर सडक अवरुद्ध (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ नुनथला नजिक ट्रक दुर्घटना भएर सडक थुनिदा आज बिहान दुई घण्टा कोशी राजमार्ग अवरुद्ध भएको छ । इटहरीबाट होमपाईप लिएर बसन्तपुर जाँदै गरेको लु.१ क.३१४० नम्बरको ट्रक नुनथला स्थित कालिकाथान मन्दिर छेउमा दुर्घटना भएको हो । भिरालो सडकमा तेल सकिदा ट्रक पछाडी सरेर भित्तामा ठोक्किएको हो । भित्तामा ठोक्किएर सडकमा ट्रक तेस्रिनुका साथै होमपाईप यत्रतत्र छरिदा सिधुवा–ब...
बेलहारामा लडेर बृद्धको मृत्यु

बेलहारामा लडेर बृद्धको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा गएराति लडेर एक बृद्धको मृत्यु भएको छ । राति सवा ८ बजे गाउँबाट घर फर्कने क्रममा चिप्लिएर बाटोमा लड्दा बेलहाराका ६३ बर्षीय रिकमान तामाङको मृत्यु भएको हो । छोरीसँग घर फर्किदै गर्दा बाटोमा लडेर बृद्ध तामाङ गंभीर घाईते भएका थिए । स्थानीय बेलहारा स्वास्थ्य चौकीमा उपचारका क्रममा राती करिव ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदर्शन कोईरा...
धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटामा भीरबाट लडेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी–६ मुंगालीगाउँका ५२ बर्षीय लालबहादुर कार्की छन् । आईतवार साँझ साँढे ७ बजे घरबाट निस्किएका कार्की घर नफर्किएपछि खोजि गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा सोमबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय छुम्लिङ भीर मुनी कार्की मृत फेला परेका हुन् । उनी लाटेभञ्ज्याङ स्थित नागेश्...
हिलेमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

हिलेमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

धनकुटा । धनकुटाको हिलेमा आज दिउँसो ट्याक्टर पल्दिँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । उत्तिसको गोलिया लिएर त्रिसुलेबाट हिलेतर्फ जाँदै गरेको को.२ त.७८२१ नम्बरको ट्याक्टर धनकुटा–१ हिले सिरान स्थित होराईजन होटल नजिक दिउँसो करिव १ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक धनकुटा–१ सिजाली गाउँका ४० बर्षीय राजकुमार सिजाली मगर र सह–चालक २८ बर्षीय दलमान सिजाली मगरको मृत्यु भएको जिल्ला ट्राफ...
चौबिसेका चार सय बिद्यार्थीलाई स्वीटर

चौबिसेका चार सय बिद्यार्थीलाई स्वीटर

धनकुटा । जाडो बढेसँगै चौबिसे गाउँपालिकाका चार सय भन्दा बढी बिद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । चौबिसे गाउँपालिका र सेवक अभियान सुनसरीको संयुक्त लगानीमा चौबिसेका छ विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो स्वीटर वितरण गरिएको हो । अठारसय मावि, साक्रोप्पा प्रावि, सारथुक्पा प्रावि, सल्लेरी प्रावि, सरस्वती प्रावि, र पिपलडाँडा प्राविमा अध्ययनरत ४ सय १५ विद्यार्थीलाई स्वीटर वितरण गरिएको चौबिसे गाउँपा...
कागतेका किसानलाई प्लाष्टिक टनेल वितरण

कागतेका किसानलाई प्लाष्टिक टनेल वितरण

धनकुटा । धनकुटा नगरपालिका–३ कागते स्थित मार्गा पात्ले टोलबस्तीका किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । जलवायु परिवर्तन अनुकुलन नमुना गाउँ कार्यक्रम अन्तर्गत मार्गा पात्ले टोलबस्ती संगठनका ४० परिवारलाई प्लाष्टिक टनेल वितरण गरिएको हो । पर्डेप नेपाल धनकुटाको आयोजना तथा धनकुटा नगरपालिका र युएनडीपीको आर्थिक सहयोगमा किसानलाई टनेल प्रदान गरिएको हो । कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन त...
शुल्क विवाद समाधानमा डा.शर्माको ‘फर्मूला फिट’ : शिक्षा मन्त्रालय र मेडिकल कलेजवीच सहमति

शुल्क विवाद समाधानमा डा.शर्माको ‘फर्मूला फिट’ : शिक्षा मन्त्रालय र मेडिकल कलेजवीच सहमति

काठमाडौं । मेडिकल शिक्षाको शुल्क विवादका बिषयमा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकवीच सहमति जुटेको छ । लामो समयको रस्साकस्सी पश्चात मंगलबारराती शिक्षा मन्त्रालयको टोली र मेडिकल कलेजका सञ्चालकबीचको बैठकमा सहमति जुटेपछि शुल्क विवाद समाधान उन्मुख भएको हो । सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा बुधबारबाट अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् । यता, ०७...
तमोर नदीले बगाएर बृद्धा बेपत्ता

तमोर नदीले बगाएर बृद्धा बेपत्ता

ताप्लेजुङ । तमोर नदीले बगाएर ताप्लेजुङकी एक बृद्धा बेपत्ता भएकी छन् । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–१ की ६० बर्षीया संगिता सुनुवारलाई तमोर नदीले बगाएको हो । तमोर नदी किनारमा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार सोमवार साँझ करिव ५ बजे पानी भर्ने क्रममा नदीले बगाएर बेपत्ता भएकी हुन् । प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले बेपत्ता सुनुवारको खोजी जारी राखेको जिल...
नेपालले जित्यो नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

नेपालले जित्यो नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि

मोरङ । मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली टिमले जितेको छ । १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता २ स्वर्ण र ९ कास्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ । बिजेता नेपाली खेलाडी...
बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु, छ देशका खेलाडी सहभागी

बेलबारीमा नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु, छ देशका खेलाडी सहभागी

मोरङ । मोरङको बेलबारीमा शनिबारबाट नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना गरेको हो । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री राईले विदेशी खेलाडीको सहभागितामा...
error: Content is protected !!