मोरङ र सुनसरीमा थपिए २७ कोरोना संक्रमित

मोरङ र सुनसरीमा थपिए २७ कोरोना संक्रमित

विराटनगर । मोरङ र सुनसरीमा आईतबार २७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६ र सुनसरीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरका ४ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बुढिगंगाका १ जना, कटहरीका २ जना र ग्रामथानका १ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरान उपमहानगरपालिकामा १ महिला र १० पुरुष, बराहक्षेत्रमा १ र इटह...
सुनको भाउ प्रतितोला ९९ हजार ६ सय

सुनको भाउ प्रतितोला ९९ हजार ६ सय

काठमाडौं । सुनको भाउ निरन्तर बृद्धि भएर प्रतितोला एक लाख नजिक पुगेको छ । आईतबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ९९ हजार ६ सय रुपैयाँमा पुगेको हो । यसअघि शुक्रबार ९९ हजार ३ सय रुपैयाँमा सुनको कारोवार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार १ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेको बेला सुनको भा...
झापाको अर्जुनधारामा पनि लकडाउन

झापाको अर्जुनधारामा पनि लकडाउन

झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । उनले सङ...
प्रहरीले नै भगाए तस्कर

प्रहरीले नै भगाए तस्कर

काठमाडौं । १५ किलो नक्कली सुन बरामद प्रकरणमा प्रहरीकै मिलेमतो देखिएको छ। दुई जवानसहित केही अभियुक्त पक्राउ परेका छन्। काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले घटनामा संलग्न अधिकांश अभियुक्तलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन्। ‘ठगी गरेर कराडौं हत्याउने उक्त गिरोहको योजना असफल भयो’, उनले भने, ‘प्रारम्भिक रूपमा अपरेसनमा लापरबाही गर्ने सुरक्षाकर्मीमाथि कडा कारबाही गर्छौं।’ प्रहरीले भारतीय ...
लक्षणसहितका कोरोना संक्रमित थपिने क्रम तीब्र, भेन्टिलेटर र आइसियूको चरम अभाव

लक्षणसहितका कोरोना संक्रमित थपिने क्रम तीब्र, भेन्टिलेटर र आइसियूको चरम अभाव

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुव...
पेट्रोलियम पदार्थको मूल्य बृद्धि

पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले मुल्य बृद्धि गरेको हो । यो मुल्य शनिवार मध्यराति १२ बजेदेखि लागू हुने नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्नेछ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै आयल निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको म...
धनकुटाका पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

धनकुटाका पत्रकार अधिकारीको कविता संग्रह सार्वजनिक

काठमाडौं । धनकुटाका पत्रकार तथा कवि रमेशचन्द्र अधिकारीको कविता संग्रह ‘बुढो गौंडा र इष्टेनीहरु’ शनिवार काठमाडौंमा सार्वजनिक गरिएको छ । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसले कविता संग्रह सार्वजनिक गरे । कार्यक्रममा साहित्यकार दिवसले ‘बुढो गौंडा र इष्टेनीहरु’ कविता संग्रहले पूर्वाञ्चलको पुरानो मुकामको रुपमा रहेको धनकुटा बजार अर्थात गौडालाई उजागर गरेको ब...
झापामा खोलाले बगाएर एक जनाको मृत्यु

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

झापा । झापाको अर्जुनधारा नगरपालिकामा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । स्थानीय टाङटिङ खोलाले बगाउँदा अर्जुनधारा–४ का ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो । दिउँसो साँढे १२ बजे तर्ने क्रममा पराजुलीलाई खोलाले बगाएको हो । खोलाले बगाएर पराजुलीको मृत्यु भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
बिराटनगरस्थित श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि कुटपिट, दुई कर्मचारी पक्राउ

बिराटनगरस्थित श्रम कार्यालयका प्रमुख प्रेम सञ्जेलमाथि कुटपिट, दुई कर्मचारी पक्राउ

विराटनगर । बिराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आज कुटपिट भएको छ । कार्यालयकै कर्मचारीले बिहान करिब ११ बजे प्रमुख सञ्जेलमाथि कार्यकक्षमै कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको छ । उनीहरु दुबै करारका कार्यरत कर्मचारी हुन् । प्रहरीका अनुसार कार्यलय प्रमुख सञ्...
बिराटनगरमा लकडाउन घोषणा

बिराटनगरमा लकडाउन घोषणा

विराटनगर । बिराटनगर महानगरपालिकामा आगामी १४ दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि महानगरपालिकाले शनिबार राती १२ बजेदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरेको हो । लकडाउन घोषणा गरेर अत्यावश्यक सेवाबाहेक बजार पसल र आवतजावतमा रोक लगाईएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए । उनका अनुसार लकडाउनको प्रोटोकल महानगरले जारी गर्नेछ । विराटनगरमा समुदायस्तरमै कोरोना ...
बस दुर्घटनामा धनकुटाका राईको मृत्यु

बस दुर्घटनामा धनकुटाका राईको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गएराती भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुँने व्यक्ति धनकुटाको साँगुरीगढी गाउँपालिका–७ का २९ बर्षीय जोशन राई रहेको खुलेको हो । बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख.६९५२ नम्बरको बस राती करीब ८ बजे आरती स्ट्रिप्स अगाडि डिभाइडरमा ठोक्किर दुर्घटना भएको थियो । दुर्घटनामा परी पाँच जना घाईते भ...
भत्ता लिएर फर्किएकी बृद्धा खोलामा मृत फेला

भत्ता लिएर फर्किएकी बृद्धा खोलामा मृत फेला

ईलाम । ईलाम नगरपालिकाको कार्यालयबाट बृद्ध भत्ता लिएर घर फर्कदै गरेकी एक बृद्धा मृत फेला परेकी छन् । देउमाई नगरपालिका–४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा मृत फेला परेकी हुन् । बिहिवार अपरान्ह साँढे ५ बजे खोलामा उनको शव भेटिएको हो । बृद्धा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृत्युको कारण खुल्न सकेको छैन...
धनकुटा क्याम्पसको बार्षिकोत्सव : दुई कर्मचारी सम्मानित, अनलाईनबाटै अन्तरक्रिया

धनकुटा क्याम्पसको बार्षिकोत्सव : दुई कर्मचारी सम्मानित, अनलाईनबाटै अन्तरक्रिया

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले ६६ औं बार्षिकोत्सवको अवसर पारेर दुई जना कर्मचारीलाई सम्मान गरेको छ । उत्कृष्ट कार्य सम्पादन गरेबापत क्याम्पसमा कार्यरत पेमनुरु शेर्पा र बीरबहादुर तामाङलाई सम्मान गरिएको हो । क्याम्पस प्रमुख होमबहादुर बस्नेतले खादा र मायाको चिनो प्रदान गरी उनीहरुलाई सम्मानित गरेका हुन् । शेर्पा र तामाङलाई बर्ष २०७६ को उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको क्याम्पस प्रमुख बस...
बस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाईते

बस दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाईते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा गएराती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाईते भएका छन् । बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको को.१ ख.६९५२ नम्बरको बस राती करीब ८ बजे आरती स्ट्रिप्स अगाडि राखिएको डिभाइडरमा ठोक्किर दुर्घटना भएको हो । दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ । उनको सनाखत हुँन वाँकी छ । दुर्घटनामा घाईते भएका भोजपुरको रामप्र...
धनकुटाको महालक्ष्मीका कृषकलाई बंगुर र बोका

धनकुटाको महालक्ष्मीका कृषकलाई बंगुर र बोका

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई बंगुर र बोका प्रदान गरेको छ । नस्ल सुधारका लागि नगरक्षेत्रका पशुपालक कृषकहरुलाई नगरपालिकाले बीउ बंगुरका पाठापाठी र उन्नत जातको बोका वितरण गरेको हो । कृषकहरुलाई थप व्यावसायीक बनाउँन सघाउँने उद्धेश्यले हेमसायर जातको बंगुरको पाठापाठी र बोयर जातको बोका प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । नगर क्षेत्रका ५१ जना क...
झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

झापा । झापामा खालाले बगाउँदा एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । स्थानीय डुबे खोलाले बगाउँदा संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ३० बर्षीय सुगम राईको मृत्यु भएको हो । श्रीमती र साथीहरुसँगै दहिझोडा सामुदायिक वनतर्फ गएका राईलाई बाटोमा रहेको खोला तर्ने क्रममा बगाएको हो । खोलाले बगाएका राईलाई साथीहरुले मृत अवस्थामा खोलाबाट निकालेर प्रहरीलाई खबर गरेका थिए । त्यस्तैगरी झापा...
बिराटनगरबाट काठमाडौं जाँदै गरेको गाडी त्रिसुलीमा खस्यो

बिराटनगरबाट काठमाडौं जाँदै गरेको गाडी त्रिसुलीमा खस्यो

चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक कन्टेनर आज विहान इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा कन्टेनर त्रिशूलीमा खसेको हो । ट्रकका चालक भने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसा...
भारतलाई नेपालको पत्र: आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनुपर्यो ?

भारतलाई नेपालको पत्र: आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनुपर्यो ?

दार्चुला । गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न दिनुहुँदैन भन्ने भारतको पत्रप्रति स्थानीय प्रशासनले कडा आपत्ति जनाउँदै जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र लेख्दै आफ्नो भूमिमा जान भारतको अनुमति आवश्यक नरहने र आफ्नो भूमिमा हिँड्न अनावश्यक रोकटोक हुन नहुने जवाफ फर्काएको हो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरद्वार...
मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु

मोरङका कोरोना संक्रमितको धरानमा मृत्यु

धरान । मोरङका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । कोरोना संक्रमित ४५ बर्षीय पुरुषको धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उपचारका लागि ल्याईएका उनको साँझ करिब ५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डा.सापकोटाका अनुसार सिकिस्त अवस्थामा रहेका उनलाई बिराटनगरस्थित कोभिड–१९ अस्पतालबाट दिउँसो करिब १ बजे प्रतिष्ठान ल्याईएको थियो । ...
नोबेलले बिशेषज्ञ सर्जन ल्याएर सुरु गर्यो टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया

नोबेलले बिशेषज्ञ सर्जन ल्याएर सुरु गर्यो टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया

बिराटनगर । नोबेलमा टाउको तथा गर्दन सम्बन्धि क्यान्सरको शल्यक्रिया सुरु भएको छ । बिशेषज्ञ शल्य चिकित्सकको व्यवस्था मिलाएर नोबेलले ‘हेड एण्ड नेक’ सम्बन्धि सम्पूर्ण क्यान्सरको शल्यक्रिया थालेको हो । भारतको एम्स दिल्लीबाट टाउको तथा गर्दन क्यान्सरमा एमसीएच गरेका बरिष्ठ सर्जन डा.ऋषिकेष ठाकुरलाई नोबेलले ल्याएको छ । डा.ठाकुर टाउको तथा गर्दन सम्बन्धि क्यान्सरमा एमसीएच गर्ने नेपालकै पहिलो शल्य चिकित्सक ह...
मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

बिराटनगर । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका—३ बासबारी चोकमा पसल अगाडि टेन्ट लगाउँने क्रममा करेन्ट लागेर बिराटनगर महानगरपालिका—११ का ३६ बर्षीय गोपाल कामतको मृत्यु भएको हो । बासबारी चोकको मिठाई पसल अगाडी टेन्ट लगाउने क्रममा हाईटेन्सन लाईनमा टच भई करेन्ट लाग्दा कामत घाईते भएका थिए । घाईते भएका कामतलाई उपचारका लागि बिराट मेडिकल कलेज लगिएको थियो । उपचार कै क्रममा उनको...
भदौ तेस्रो हप्तादेखि परीक्षा शुरु गर्ने त्रिविको तयारी

भदौ तेस्रो हप्तादेखि परीक्षा शुरु गर्ने त्रिविको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको ते...
धनकुटामा बाढीले बगायो गाडी

धनकुटामा बाढीले बगायो गाडी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवा खोलामा आएको बाढीले गाडी बगाएको छ । धरानबाट खाद्यान्न बोकेर साँगुरीगढीको गुर्धुम जाँदै गरेको को.१.ज १५४४ नम्बरको पिकअपलाई मंगलबार राती सिम्सुवा खोलामा आएको बाढीले बगाएको हो । ओलुटार–बुधुक सडक खण्डको बीचमा पर्ने सिम्सुवा खोलामा आएको बाढीले पिकअप बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । बाढीले...
उदयपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु

उदयपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा कल्भडमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका–३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–५ का ३५ बर्षीय कर्ण बहादुर राईको मृत्यु भएको हो । सोमबार धरानबाट सब्जी खेति लगाउन बेलका नगरपालिका–३ सिसौली टप्पु गएका राईलाई मंगलबार ८ बजे कल्भडमा आएको बाढीले बगाएको थियो । प्रदेश १–०२–००२ च ४००५ नम्बरको गाडीमा घर फर्कदै गरेका उनी कल्भडमा बाढी आएक...
धनकुटाका नेकपा नेता, कार्यकर्तालाई अध्यक्ष राईको निर्देशनः बाढीपहिरो प्रभावितको सहयोगमा जुट्नुस्

धनकुटाका नेकपा नेता, कार्यकर्तालाई अध्यक्ष राईको निर्देशनः बाढीपहिरो प्रभावितको सहयोगमा जुट्नुस्

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाका अध्यक्ष राजेन्द्र राईले अबिरल बर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावितहरुलाई सहयोग गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका अध्यक्ष राईले आज सूचना जारी गर्दै नेकपाका नेता, कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि बुधबारसम्म भारी बर्षा भएर बाढी पहिरोका कारण क्षति हुनसक...
सुनिलबहादुर थापा काँग्रेस प्रवेश

सुनिलबहादुर थापा काँग्रेस प्रवेश

काठमाडौं । केही दिनअघि राप्रपाबाट राजीनामा दिएका पूर्वमन्त्री सुनिलबहादुर थापा आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्रपाबाट राजीनामा दिएका थापासहित १४ नेताहरु काठमाडौंमा आयोजित कार्यक्रममा काँग्रेस प्रवेश गरेका हुन् । थापासँगै राप्रपा परित्याग गरेका रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश ...
धनकुटामा भारी बर्षा : पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध, दुई घरमा क्षति

धनकुटामा भारी बर्षा : पहिरोका कारण कोशी राजमार्ग अवरुद्ध, दुई घरमा क्षति

धनकुटा । गएरातीदेखि परेको अविरल बर्षाले धनकुटाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । बर्षाका कारण बिभिन्न स्थानमा पहिरो जाँदा कोशी राजमार्ग अवरुद्ध भएको छ भने धनकुटा सदरमुकामका दुई घरमा क्षति पुगेको छ । सडकका विभिन्न स्थानमा पहिरो झरेपछि कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको हो । धनकुुुुटा नगरपालिका वडा नंम्बर ६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगाय...
बसबाट ओर्लदै गरेका व्यक्तिलाई लुटपाट गरेको आरोपमा चार जना पक्राउ

बसबाट ओर्लदै गरेका व्यक्तिलाई लुटपाट गरेको आरोपमा चार जना पक्राउ

सुनसरी । ईटहरीमा बसबाट ओर्लदै गरेका व्यक्तिलाई लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । शुक्रबार धरानबाट ईटहरीतर्फ आईरहेको बसमा सवार धरान उपमहानगरपालिका–८ का ५७ बर्षीय डम्बर प्रसाद बास्तोलाको ९७ हजार ६ सय रुपैयाँ चोरी गरेको आरोपमा चार जना पक्राउ परेका हुन् । काभ्रेपलाञ्चोक रोसी गाउँपालिका–३ का ३६ बर्षीय जित बहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका–५ का २२ बर्षीय युवराज लामा, भुङलो गाउँपालिक...
सुनको मूल्य लगातार उकालो

सुनको मूल्य लगातार उकालो

काठमाडौं । सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँ बढेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अन्तर्राष्ट्रिय बजारमा स...
सुनसरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

सुनसरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बराह नगरपालिका–४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो । रामधुनी नगरपालिका–६ मा रहेको शंकरबेलि तालमा जाल हानेर माछा मार्ने क्रममा डुबेर चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।
प्रदेश १ का सबै उद्योग बाणिज्य संघलाई उद्योग संगठन र व्यापार संघको सहयोग

प्रदेश १ का सबै उद्योग बाणिज्य संघलाई उद्योग संगठन र व्यापार संघको सहयोग

बिराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रदेश नं १ का सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । कोरोना भाईरसको जोखिम बढिरहेको बेला स्वास्थ्य सावधानी अपनाउँन २ हजार थान मास्क, २४ वोतल स्यानीटाइजर र ५ लिटरको १ जार स्यानीटाईजर झोल प्रदान गर्न लागिएको हो । दुवै संस्थाले आज बिराटनगरमा आयोजना गरेको कार्यक्रममा पूर्व संघिय तथा स्थानीय विकास मन्त्री ...
error: Content is protected !!