संगालोखबर सम्बाददाता

काठमाडौं । सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँ बढेको छ ।

Advertisement

लगातार उकालो लागिरहेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ बढेको छ । चाँदी तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!