पाँच दिन भारी वर्षा हुँने

पाँच दिन भारी वर्षा हुँने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज  विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ । सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो । मनसुन सक्रिय भई देशको ...
काँग्रेसभित्र किचलो: संस्थापनविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

काँग्रेसभित्र किचलो: संस्थापनविरुद्ध रणनीति बनाउँदै पौडेल पक्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विभाग गठनको विषयलाई लिएर सुरु भएको किचलो फेरि बढेको छ । सभापति शेरबहादुर देउवाले महाधिवेशनको मुखमा आएर विभागमा धमाधम सदस्य थप्दै अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह त्यसलाई रोक्न प्रतिवादमा उत्रिएको हो । वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले गत १ साउनमा सभापति देउवालाई सो कदम सच्याउन भन्दै संयु...
धनकुटामा पुनः थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १६ पुग्यो

धनकुटामा पुनः थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १६ पुग्यो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका थप एक युवामा आज कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका २१ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत असार २८ गते भारतबाट आएर चानुवास्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेनटाईनमा बस्दै आएका थिए । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पत्ता लागेको महालक्ष्मी नगरप...
सुनको भाउ एक लाख नजिक

सुनको भाउ एक लाख नजिक

काठमाडौं  । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सय रुपैयाँले बढेर आज प्रतितोला ९६ हजार तीन सय पुगेको छ। सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको हो। चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।
तरकारीको मूल्यमा बिचौलियाको चलखेल: एक सातामै दोब्बर बढ्यो मूल्य

तरकारीको मूल्यमा बिचौलियाको चलखेल: एक सातामै दोब्बर बढ्यो मूल्य

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा बिचौलियाले बर्सेनि बाढीपहिरोको बहानाम...
हिलेको बक्रकुण्डमा राखियो शेषनागको मुर्ति

हिलेको बक्रकुण्डमा राखियो शेषनागको मुर्ति

धनकुटा । धनकुटाको हिले बजार नजिक रहेको वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा शेष नागको मूर्ति राखिएको छ । नाग पञ्चमीको अवसर पारेर शनिवार एक कार्यक्रमकाबीच नागको मुर्ति अनावरण गरिएको हो । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र हिलेस्थित २ नं वाहिनीका बाहिनीपति यमकुमार ढकालले मूर्ति अनावरण गरेका हुन् । २ लाख ७ हजार वरावरको लागतमा मुर्ति निर्माण गरिएको हो । करिव ११ बर्ष अघि नाग देखा परेपछि ...
धनकुटाको मुगामा कफी र एभोकाडोको व्यावसायीक खेती सुरु

धनकुटाको मुगामा कफी र एभोकाडोको व्यावसायीक खेती सुरु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–८ मुगामा कफी तथा एभोकाडोको व्यावसायीक खेती सुरु गरिएको छ । मुगा पाख्रिबास कृषि सहकारी सस्थाले शनिवार एक कार्यक्रमकावीच व्यावसायीक खेति उद्घाटन गरेको हो । संघीय सांसद राजेन्द्र राईले कफी तथा एभोकाडोको बिरुवा रोपेर खेती उद्घाटन गरेका हुन् । सो क्रममा पाख्रिबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राई, सहकारीका अध्यक्ष रेवतबहादुर थापा लगायत कार्यक्रममा सहभागिहरुले प...
सुनिलबहादुर थापासहित ३१ नेताले दिए राप्रपाबाट सामुहिक राजीनामा, काँग्रेस प्रवेश गर्ने तयारी

सुनिलबहादुर थापासहित ३१ नेताले दिए राप्रपाबाट सामुहिक राजीनामा, काँग्रेस प्रवेश गर्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिलबहादुर थापासहित ३१ नेताले पार्टीबाट सामुहिक राजीनामा दिएका छन् । उनीहरुले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई राजीनामा बुझाएका हुन् । सस्थापकहरुले देखाएको सपना, परिवर्तन र आम जनमत विपरित पार्टी अघि बढेकोले पार्टीलाई साथ दिन नसकेको राजीनामा पत्रमा उल्लेख छ । ‘पार्टी, संस्थापकहरुले देखाएको सपना...
उदयपुरका एक व्यक्तिद्वारा आफ्नै निधारमा गोली हानेर आत्महत्या

उदयपुरका एक व्यक्तिद्वारा आफ्नै निधारमा गोली हानेर आत्महत्या

  उदयपुर । उदयपुरका एक व्यक्तिले आफ्नै निधारमा गोली हानेर आत्महत्या गरेका छन् । निधारमा भरुवा बन्दुक प्रहार गर्दा लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका ५५ बर्षीय विध्याराज राईको मृत्यु भएको हो । मदिरा सेवन गरेर घर गएका राईले आफैमाथि भरुवा बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ । पहिले नै भरेर राखेको भरुवा बन्दुकले आफैलाई प्रहार गरी राईले आफ्नै घरको आगनमा आत्महत्या गरेका हुन् । आत्महत्याको कारण...
ताप्लेजुङमा बलात्कार आरोपमा एक जना पक्राउ

ताप्लेजुङमा बलात्कार आरोपमा एक जना पक्राउ

ताप्लेजुङ । युवतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाका विमल कंलिवा लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया युवतीलाई बलात्कार गरेको उजुरी परेपछि लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । सिरिजङगा गाउँपालिका–३ स्थित चौतारामा बोलाएर लिम्बूले ती युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । लिम्बूले जबरजस्ती करणी गरी खुकुरीले जबरजस्ती कपालसमेत काटिदिएको भन्दै पीडित युवतीले प्र...
झापामा खुकुरी प्रहार गरी पसलमै व्यापारीको हत्या

झापामा खुकुरी प्रहार गरी पसलमै व्यापारीको हत्या

झापा । झापाको मेचीनगर–२ मा खुकुरी प्रहार गरी एक व्यापारीको हत्या भएको छ । शुक्रबार दिउँसो करिव साँढे ४ बजे एक व्यक्तिले खुकुरी प्रहार गरी भृकुटी चोकका कपडा व्यापारी नारायण आचार्यको हत्या गरेको प्रहरीले जनाएको छ । खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । आ...
धनकुटाको महालक्ष्मीबाट तीन लाख भन्दा बढीको काठ बरामद

धनकुटाको महालक्ष्मीबाट तीन लाख भन्दा बढीको काठ बरामद

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बाट प्रहरीले करिब तीन लाख मूल्य बराबरको सखुवाको काठ वरामद गरेको छ । अबैध रुपमा काठ काटेको उजुरी परेपछि प्रहरीले ४५ क्यूफिट सखुवाको चार वाई तीनको बटम काठ नियन्त्रणमा लिएको हो । सामुदायिक बनका पदाधिकारी र उपभोक्ताको मिलेमतोमा स्थानीय सिन्धुबसेरी सामुदायिक वनबाट अबैध रुपमा काठ काटेको उजुरी परेको थियो । करिब दुई बर्ष अघि नै कटान गरिएको उक्त काठ बिना पूर्जी प...
अस्पतालले भर्ना लिन नमान्दा एम्बुलेन्समै बिरामीको मृत्यु

अस्पतालले भर्ना लिन नमान्दा एम्बुलेन्समै बिरामीको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पतालले श्वासप्रश्वासमा समस्या भएका विरामीलाई भर्ना लिन आनाकानी गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा उदयपुरको कटारी नगरपालिका–५ का २३ बर्षीय पदमबहादुर राईको अस्पताल परिषरमा एम्बुलेन्स भित्रै मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई स.१ च.१२०५ नम्बरको एम्बुलेन्समा राखेर बिराटनगर पुर्याईएको थियो । एम्बुलेन्स चालक सुवास तामाङका अनु...
धनकुटाका राई गाँजासहित पक्राउ

धनकुटाका राई गाँजासहित पक्राउ

धरान । धनकुटाको साँगुरीगढी गाउँपालिकाका एक युवक गाँजासहित धरानबाट पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–९ का १९ बर्षीय सुजन राईलाई धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले गएराती करिब ८ बजे दुई केजी गाँजासहित उनलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार राईले बोकेको झोला चेकजा...
धनकुटाका तीन जनाले १० दिनमै जिते कोरोना, चार जना उपचाररत

धनकुटाका तीन जनाले १० दिनमै जिते कोरोना, चार जना उपचाररत

धनकुटा । मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत धनकुटाका तीन जना निको भएर आज अस्पतालबाट डिस्चार्ज भएका छन् । महालक्ष्मी नगरपालिका–७ जीतपुरका २४ बर्षीय युवा, सहिदभूमी गाउँपालिका–२ का २८ बर्षीय युवा र छथर जोरपाटी गाउँपालिकाका ३९ बर्षीय पुरुष निको भएर डिस्चार्ज भएका हुन् । सहिदभूमी र छथर जोरपाटीका युवामा असार ३० गते र महालक्ष्मीका युवामा असार ३१ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि ...
धनकुटाका थप एक जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १५ पुग्यो

धनकुटाका थप एक जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १५ पुग्यो

धनकुटा । धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिका–७ जीतपुरका ३० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी विदेशबाट आएका हुन् । असार २६ गते साउदीबाट आएका उनी जीतपुरस्थित जनता माध्यमिक विद्यालयको क्वारेनटाईनमा थिए । उनीसहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्ष...
धनकुटामा हराएका तथा चोरी भएका १६ वटा मोबाइल प्रहरीले फेला पार्‍यो

धनकुटामा हराएका तथा चोरी भएका १६ वटा मोबाइल प्रहरीले फेला पार्‍यो

धनकुटा । हराएका तथा चोरी भएका १६ वटा मोबाइल जिल्ला प्रहरी कार्यालय धनकुटाले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न ठाउँबाट हराएका मोबाइलहरु खोजतलास गरी फेला पारेर प्रहरीले सम्बन्धित मोबाइल धनीलाई बुझाएको हो । मोबाइल हराएपछि उनीहरुले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा प्रविधिको प्रयोग गरी खोजतलास गरेर मोबाइल फेला पारी सम्बन्धित धनीलाई बोलाएर बुझाउँने काम भईरहेको धनकु...
प्रदेश १ मा सीएम ड्यासबोर्ड सञ्चालन: मुख्यमन्त्री कार्यालयबाटै प्रदेशभरका गतिविधि निगरानी

प्रदेश १ मा सीएम ड्यासबोर्ड सञ्चालन: मुख्यमन्त्री कार्यालयबाटै प्रदेशभरका गतिविधि निगरानी

विराटनगर । प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्ड उद्घाटन गरेका हुन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ड्यासबोर्ड उद्घा...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको भाउ आज तोलामा १३ सय रुपैयाँ बढेको छ । बढेर सुनको भाउ ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । यो हप्ता मात्रै तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ । यस्तै चाँदीको भाउमा तोलामा ५ रुपैयाँ बढे...
भोजपुरमा ८२ प्रतिशत बजेट खर्च

भोजपुरमा ८२ प्रतिशत बजेट खर्च

भोजपुर । भोजपुर जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ मा ८२ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लामा संघ तथा प्रदेशबाट प्राप्त चालु र पूँजीगत बजेटको औसतमा ८२ दशमलव ९४ प्रतिशत खर्च भएको हो । जसमा संघको कुल विनियोजन बजेट ५ अर्ब ३७ करोड १७ लाख ४० हजारमा चालुतर्फ ९१ दशमलव ५५ प्रतिशत, पुजीगत तर्फ ५७ दशमलव ४५ प्रतिशत गरी औसतमा ८७ दशमलव ७१ प्रतिशत खर्च भएको छ भन...
धनकुटाका भूपू सैनिकले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र : भत्ता नदिने निर्णय सच्याउँन माग

धनकुटाका भूपू सैनिकले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र : भत्ता नदिने निर्णय सच्याउँन माग

धनकुटा । निवृत्ति भरण पाईरहेकालाई सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णय अन्यायपूर्ण रहेको भन्दै सच्याउँन माग गर्दै धनकुटाका भुपू सैनिकहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । ०७७ असार १७ गतेको मन्त्रीपरिषद्को निर्णयले भूपू शैनिकहरुलाई अन्याय गरेको भन्दै भूपू सैनिक संघ धनकुटाको अगुवाईमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाईएको हो । संघका अध्यक्ष ...
धनकुटामा नेकपाले रोप्यो ७ हजार बिरुवा

धनकुटामा नेकपाले रोप्यो ७ हजार बिरुवा

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले जिल्लाभर ७ हजार भन्दा बढी बिरुवा रोपेको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा नेकपाले जिल्लाभर बृक्षरोपण गरेको हो । जिल्लाका सात वटै पालिकामा सल्ला, एभोकाडो, धुपी, खयर, तेजपात, उत्तिस, रुद्राक्ष, कल्की, गोब्रेसल्ला, गुराँस लगायत प्रजातिका ७ हजार ५ सय बिरुवा रोपिएको नेकपा धनकुटाका प्रचार तथा ...
पोखरीमा भेटियो तीन बालकको शव

पोखरीमा भेटियो तीन बालकको शव

झापा । झापाको भद्रपुर नगरपालिका–२ स्थित पोखरीमा तीन जना बालकको शव फेला परेको छ । पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेको अवस्थामा एकै परिवारका दुईसहित तीन जना बालक मृत फेला परेका हुन् । भद्रपुर–२ का १० बर्षीय अंकुश तामाङ, १४ बर्षका अर्जुन थामी र १२ बर्षका करण थामी पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक करण र अर्जुन दाजु–भ...
धनकुटाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

धनकुटाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा । धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष र छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । संक्रमित दुबै जना गत आईतबार बिदेशबाट ...
प्रदेश १ का सात मन्त्रालय र प्रदेशसभा सचिवालयद्वारा नियम विपरित १५ करोड खर्च

प्रदेश १ का सात मन्त्रालय र प्रदेशसभा सचिवालयद्वारा नियम विपरित १५ करोड खर्च

विराटनगर । सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को व्यवस्थाविपरीत प्रदेश १ सरकारका सात वटा मन्त्रालय र प्रदेशसभा सचिवालयले करोडौंको खरिद कार्यमा ऐनको धज्जी उडाएका छन् । प्रदेशभरि नै सुशासन कायम गर्नका लागि नीतिगत निर्देशन दिन सक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै ७१ लाख ३९ हजार रुपैयाँको खरिदमा ऐनको उल्लङ्घन गरेको पाइएको छ । आर्थिक वर्ष २०७५/७६ को महालेखापरीक्षकको वार्षिक प्रति...
‘समृद्धिका आधार’ पुस्तक सार्वजनिक

‘समृद्धिका आधार’ पुस्तक सार्वजनिक

धनकुटा । कृषि अभियान्ता तथा लेखक जीवनप्रसाद राईको पुस्तक ‘समृद्धिका आधार’ सार्वजनिक गरिएको छ । देशको अवस्था र कृषिमा संम्भावना समेटेर राईले लेखेको पुस्तक वरिष्ठ साहित्यकार झमक घिमिरेले एक कार्यक्रमका बीच सार्वजनिक गरेकी हुन् । पुस्तक लोकार्पण गर्दै घिमिरेले कृषिलाई जीवन शैलीमा रुपान्तरण गर्न पुस्तकले प्रेरणा दिएको लिखित प्रतिक्रिया दिईन् । त्यस्तै झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोप...
झापामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, तीन घाईते

झापामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, तीन घाईते

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति गएको पहिरोले घर पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँग...
तमोरमा उर्लियो बाढी : दुई पुल र एउटा गाडी बगायो

तमोरमा उर्लियो बाढी : दुई पुल र एउटा गाडी बगायो

ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ। फक्ताङलुङ गाउँपालिका-७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। भोटेका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो। बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गुर्नपर...
१२० दिनपछि खुल्यो लकडाउन

१२० दिनपछि खुल्यो लकडाउन

काठमाडौं । सरकारले आज रातीबाट लकडाउन खोल्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले १२० दिन लामो लकडाउन खोल्ने निर्णय गरेको हो । पत्रकार सम्मेलनमार्फत मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले गत चैत ११ गतेबाट जारी रहेको लकडाउन खुल्ला गर्ने निर्णय भएको जानकारी दिए । लकडाउन लम्बिदै जाँदा जनजीवन अस्तव्यस्त बनेपछि सरकारले यसअघि लकडाउन केही खुकुलो गरेको थियो । तर, अ...
माई खोलाको बीचमा फसेकाको सकुशल उद्धार

माई खोलाको बीचमा फसेकाको सकुशल उद्धार

ईलाम । अबिरल बर्षाका कारण ईलामको माई खोलामा आएको बाढीमा फसेका दुई जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । माईजोगमाई गाउँपालिका–५ का ६६ बर्षीय लोकबहादुर नेम्वाङ र ३० बर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको हो । सोमवार राती साँढे ७ बजे माई खोला नजिक रहेको गोठबाट घर फर्कने क्रममा खोलामा बाढी आएर बाटो कटान गर्दा उनीहरु खोलाको बीचमा फसेका थिए । खोला तर्न र फर्कन नसक्दा उनीहरु बीचमै अलपत्र प...
पैनीमा डुबेर तीन बर्षीय बालकको मृत्यु

पैनीमा डुबेर तीन बर्षीय बालकको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैचामा पैनीमा डुबेर बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–११ का संजय दनुवारका तीन बर्षीय छोरा संजिवको पैनीमा डुबेर मृत्यु भएको हो । आफ्नै घर अगाडि रहेको पैनीमा आफन्तले उनलाई डुबेको अवस्थामा भेटाएका थिए । उपचारका लागि उनलाई बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
error: Content is protected !!