संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका क्षेत्रका ५ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Advertisement

धनकुटा नगरपालिका ६ का ५५ बर्षीय पुरुष तथा ५१ र २६ बर्षीया महिलामा संक्रमण देखिएको छ । उनीहरु बुवा, आमा र छोरी हुन् । धनकुटा–४ लोकसेवाका ७० बर्षीया महिला र यातायात कार्यालयमा कार्यरत २५ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै, धनकुटा–५ का २५ बर्षीय पुरुष र २० बर्षीया महिला पनि संक्रमित भएका छन् । संक्रमित महिला धनकुटा नगरपालिकाको चमेनागृहमा कार्यरत हुन् । त्यस्तैगरी, धनकुटा–७ हुलाकटोलकी ४५ बर्षीया व्यवसायी महिलामा पनि संक्रमण पुष्टि भएको छ । यता, धनकुटा–३ का ४२ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

धनकुटा नगरपालिका क्षेत्रबाट १७ जनाको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भोजराज भण्डारीले जानकारी दिए । यता, धनकुटा–३ का पुरुषले भने आफै प्रयोगशालामा गएर परीक्षण गराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!