- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँमा स्व.हरीराज खेवा स्मृती कप खेलकुद प्रतियोगिता हुँने भएको छ । वडा कार्यसमितिको बुधबार बसेको बैठकले पूर्व अर्थराज्यमन्त्री एवं संबिधान सभा सदस्य स्व.खेवाको स्मृतीमा वडास्तरीय फुटबल र भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

Advertisement

ग्रामिण क्षेत्रमा ओझेलमा पर्दै गएको खेलकुदलाई प्रोत्साहन, खेलाडी उत्पादन र खेलको माध्यमबाट सामाजिक सद्भाव कायम गर्ने उद्धेश्यले वडाले नै प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष भरत थापाले जानकारी दिए । ‘हामीले हरेक बर्ष प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएका छौ ।’ थापाले भने–‘कोरोनाको अवस्था सहज भएपछि यो बर्षको खेल तालिका सार्वजनिक गछौं ।’

फुटबल प्रतियोगिताका बिजेताले १ लाख ५० हजार र उप–बिजेताले ७५ हजार पाउँनेछन् । यता, भलिबल प्रतियोगिताका बिजेतालाई १ लाख र उप–बिजेतालाई ५० हजार प्रदान गरिनेछ ।

धनकुटाको हात्तिखर्क घर भएका पूर्व राज्यमन्त्री खेवाको २०७३ साउन १३ गते सिधुवा बजार नजिक भएको बस दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतीमा हरेक बर्ष प्रतियोगिता गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!