संगालोखबर सम्वाददाता

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ५९५ जना कोरोना संक्रमित निको भएका छन् । होम आईसोलेसनमा रहेका ५६३ संक्रमित कोरोनामुक्त भएका छन् । बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५ र जिल्ला अस्पताल संखुवासभामा ४ जना डिस्चार्ज भएका छन् ।

Advertisement

त्यस्तै विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वी.जेनरल अस्पताल हरिनगर, धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २–२ जना संक्रमित निको भएर डिस्चार्ज भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोनामुक्त हुँनेको संख्या १२ हजार ६९५ पुगेको छ ।

३८६ जनामा संक्रमण

प्रदेश १ मा बिहिबार ३८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २ र तेह्रथुममा १ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा ६, रंगेलीमा ५, लेटाङ र केराबारीमा ३–३, कटहरीमा २, बुढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५–५, शिवसताक्षी र भद्रपुरमा ३–३, कनकाई र मेचीनगरमा २–२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा ६–६, रामधुनी र बर्जुमा ५–५, दुहवीमा २ र भोक्राहानरसिंहमा १, उदयपुरको त्रियुगामा १४ र उदयपुरगढीमा १ जनामा संक्रमण देखिएको छ । त्यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँगुरीगढीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

इलामको चुलाचुलीमा २ र देउमाईमा १, संखुवासभाको धर्मदेवी र मादीमा १–१ र तेह्रथुमको म्याङलुङमा १ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!