धनकुटा । धनकुटाका थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धनकुटाको पाख्रीवास नगरपालिका–३ का ७२ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु भएको हो ।
उनमा गत बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिवार प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा आज दिउँसो १ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।