संगालोखबर सम्वाददाता

विराटनगर । कोरोना संक्रमणका कारण एक साताभित्र मोरङको केराबारीका एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । मृत्यु हुँनेमा केराबारी–३ का ५९ वर्षीय राजकुमार र ५७ वर्षीय देवकुमार नेपाल छन् । छ दिनको अन्तरमा दाजुभाईको मृत्यु भएको हो ।

Advertisement

दशैंको फूलपातीको दिन कोरोना पुष्टि भएका दाजु राजकुमारको आइतबार विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनका भाई देवकुमारको कात्तिक १८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । उनी स्थानीय मछिन्द्र माविका शिक्षकसमेत थिए ।

देवकुमारको काजक्रिया नसकिंदै उनका दाजु राजकुमारको पनि मृत्यु भएपछि परिवार थप शोकमा डुबेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!