झापा । झापामा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८९३ रहेको जनाएको छ ।
कार्यालयको तथ्याङ्क अनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना संक्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले बताए । उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमण हुने दमक नगरपालिकाका छन् । दमकमा ५५८ संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन्
१५ स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ संक्रमित छन् ।