गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटामा सोमबार १९ जना कोरोना संक्रमित थपिएका छन् । धनकुटा नगरपालिकाका १५ जना, महालक्ष्मी नगरपालिकाका २ जना तथा पाख्रीवास र सहिदभूमीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुँनेमा प्रहरी हिरासतमा रहेकादेखि एकै घरका तीन जनासम्म छन् ।

Advertisement

धनकुटा नगरपालिका क्षेत्रबाट आईतबार स्वाब संकलन गरेर बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गरिएका २३ मध्ये ८ सहित नगरक्षेत्रका १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भोजराज भण्डारीले जानकारी दिए ।

धनकुटा नगरपालिका–७ को एक होटलका ३७ र ६८ बर्षीय पुरुष तथा ६२ बर्षीय महिलामा संक्रमण देखिएको छ । उनीहरु वुवा–आमा र छोरा हुन् । धनकुटा–७ कै ५२ बर्षीय र ७५ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ३१ बर्षीया महिला र १७ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । धनकुटा–५ का ५२ बर्षीय पुरुष शिक्षकमा पनि संक्रमण देखिएको छ ।

यता, बिराटनगरमा परीक्षण गराएका धनकुटा नगरपालिका–१ का ३८ बर्षीय पुरुष र धनकुटा–७ का ४५ बर्षीय महिलामा पनि संक्रमण देखिएको छ । उनीहरु दुई जना बिराटनगरमै छन् । त्यस्तैगरी धनकुटा–१ का थप पाँच जनामा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भण्डारीले बताए ।

यता, महालक्ष्मी नगरपालिकाबाट स्वाब संकलन गरेर पठाईएका १४ जना मध्ये २ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुँनेमा महालक्ष्मी–७ का २३ बर्षीय स्वास्थ्यकर्मी महिला र २९ बर्षीय पुरुष छन् । बिराटनगरमै परीक्षण गर्दा पाख्रीवास नगरपालिका–१० का २१ बर्षीय पुरुष र सहिदभूमी–६ का २१ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!